कोरोना संक्रमण बढेसँगै भारतको महाराष्ट्रमा सामाजिक गतिविधिमा कडाईं

६ चैत, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै भारतको महाराष्ट्रमा सामाजिक गतिविधिमा कडाइको नियम ल्याइएको छ ।

महाराष्ट्रको सरकारले थिएटर तथा फिल्म हलमा ५० प्रतिशत मानिसहरुमात्र सहभागी हुन पाउने बताएको छ ।

सार्वजनिक स्थानमा सबैलाई मास्क अनिवार्य गरिएको छ । साथै बगैंचामा पनि तापक्रम मापन नगरी जान नपाउने व्यवस्था गरिएको छ । अहिले ल्याइएको नयाँ नियम ३१ मार्चसम्म लागू हुनेछ ।

Advertisement

महाराष्ट्रको सरकारले सार्वजनिक क्षेत्रमा भेला हुन पनि रोक लगाएको छ । स्वास्थ्य तथा अत्यावश्यक सेवाबाहेक सबै निजी कार्यालयमा मार्च ३१ सम्म कर्मचारीको संख्या पनि आधा घटाइनेछ ।

सिनेमा हल, होटल र कार्यालयमा पनि मानिसहरुले मास्क लगाउने र भौतिक दुरीको नियम अनिवार्यरुपमा पालना हुनुपर्ने महाराष्ट्रको सरकारले बताएको छ । यो प्रतिबन्ध सपिङ मलमा पनि लागू हुनेछ ।

भारतको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा करिब ४० हजार नयाँ संक्रमित फेला परेका छन् । जसमध्ये करिब २६ हजार संक्रमित महाराष्ट्रमा फेला परेका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top