क्यान्सरको उपचारका लागि प्रयोग हुने लोठसल्लाको नेपालमा गणना सुरु

0SHARES

१७ माघ २०७५ नेपाल टाईम्स

काडमाडौँ : क्यान्सर रोगको उपचारमा उपयोगी तर विश्वमै संकटग्रस्त बनस्पतीको रुपमा रहेको ‘माइरेई’ लोठसल्लाको नेपालमा गणना सुरु भएको छ। नेपालको काभ्रे, सिन्धुली र मकवानपुर जिल्लामा मात्र पाइने लोठसल्लाको ग्रीनहुड नेपाल काठमाडौंले अनुसन्धान सुरु गरेको हो ।

काभ्रेको बेथानचोकमा यसको नर्सरी स्थापना गरी प्रतिकेजी पाँच सय रुपैयाँमा बिक्री हुँदै आएको छ।तर, फर्माकम्पास डटकमका अनुसार भारतले ताइबानमा प्रशोधन गरेर प्रतिकेजी झण्डै १५ लाख अर्थात् १३ हजार ५ सय २२ डलरमा बिक्री गरिरहेको छ।

क्यान्सर उपचारको लागि प्रयोग हुने ट्याक्ससोल केमिकल बनाउन लोठसल्लाको प्रयोग हुन्छ। ५ देखि १० वर्षमा पात निकाल्न सकिने र ठूलो रुख हुन लामो समय लाग्ने यसको रुख विगतमा भैंसीको किलो र घर निर्माणमा उपयोग हुँदै आएको थियो।यो खबर आजको कारोबार दैनिकमा छ ।

विज्ञापन बक्स