Nepal Times
Nepal Times
3
Shares

क्यामरुनको एक रंगशालामा घातक दुर्घटना, ६ जनाको मृत्यु

क्यामरुनको एक रंगशालामा घातक दुर्घटना, ६ जनाको मृत्यु

११ माघ, एजेन्सी ।
अफ्रिका कप अफ नेशन्सको आयोजक क्यामरुनको एक रंगशालामा घातक दुर्घटना भएको छ।

अत्याधिक भिडका कारण क्यानमरुनको राजधानीको बाहिरी क्षेत्रमा रहेको रंगशालको बाहिर दुर्घटना भएको हो । सो दुर्घटनामा ६ जनाको ज्यान गएको बताइएको छ । अरु केही घाइते भएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट भएका भिडियो फुटेजहरुमा फुटबल समर्थकहरु अफ्रिका कप अफ नेशन्सका खेलहरु भइरहेको पल बिया रंगशालामा प्रवेशका लागि संघर्ष गरिरहेका देखिएको छ ।

क्यामरुनको मध्य क्षेत्रका गभर्नर नासरी पल बियाले ज्यान गुमाउनेको संख्या अझ बढी हुन सक्ने समाचार संस्था एपीलाई बताएका छन् । ६० हजार क्षमताको रंगशालामा कोभिड–१९ को प्रतिबन्धका कारण ८० प्रतिशत मात्रै दर्शकलाई स्वीकृति दिइनु पर्ने थियो ।

खेल पदाधिकारीका अनुसार ५० हजार मानिसले रंगशाला प्रवेशका लागि प्रयास गरेका थिए । दुर्घटनाका बाबजुद अन्तिम १६ अन्तर्गतको खेल भयो । त्यसमा कोमोरोसलाई २–१ ले पराजित गरेर आयोजक क्यामरुन अन्तिम ८ मा पुगेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.