विराटनगर, असार २५
सुनसरीको ईनरुवामा आइतबार खेत जोत्दै गरेको ट्याक्टर पल्टिंदा चालकको मृत्यु भएको छ।
ईनरुवा नगरपालिका ७ बस्ने रामरुक मेहेताको खेत जोत्ने क्रममा को १ त ८६४१ नम्बरको खेत जोत्दै गरेको ट्याक्टर पल्टिंदा चालक ईनरुवा ८ बस्ने वर्ष ४० को शम्भु मेहेताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
ट्याक्टरले थिचेर गम्भीर घाइते भएक मेहेतालाई उपचारका लागी ईनरुवा अस्पताल लगिएकोमा सोही साँझ ५ बजे उपचारका क्रममा मेहेताको मृत्यु भएको हो।