खेलकुद सञ्चालनको अनुमति पाएपछि खेलाडीमा उत्साह थपियो

२७ कात्तिक ७७, शुक्रबार

२८ कात्तिक, काठमाडौं । सरकारले सुरक्षा मापदण्ड अपनाउँदै खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएसँगै खेलाडी उत्साहित भएका छन् । लामो समयको घरेलु अभ्यासमा दिक्क बनेका खेलाडी नियमित अभ्यासमा फर्किएर प्रतियोगितामा सामेल हुन आतुर देखिएका छन् ।

करिब नौ महिना ठप्प बनेको खेलकुदलाई मन्त्रिपरिषदको पछिल्लो निर्णयले राहत मिलेको छ । सुरक्षा मापदण्ड अपनाउँदै खेलमा फर्किन अनुमति दिएपछि खेल पदाधिकारी र खेलाडी उत्साहित भएका छन् ।

Advertisement

शुक्रबार बिहान रंगशाला पुग्दा केही व्यक्तिगत स्पर्धाका खेलाडीले अभ्यास गरिरहेका थिए । बक्सिङ प्रशिक्षक तेजबहादुर थापा मगरले मन्त्रीपरिषद निर्णयले आफूहरु खुसी भएको बताए ।

मगरले नै प्रशिक्षण गराइरहेका खेलाडी डोल्मा तामाङले पनि नियमित खेलकुद गतिविधिले खेलकुदमा उत्साह मिलेको र आउँदा दिनमा मेहनत गरेर राष्ट्र र व्यक्तिगत रुपमा सफलता हात पार्ने बताइन् ।

सेमिकभर्ड हलमा उसुका खेलाडी पनि अभ्यास फर्किन वार्मअप गर्दै दिए । सरकारको निर्णयले पुरानो अवस्थामा फर्किनका लागि कुनै संकोच नहुनेमा उनीहरु ढुक्क थिए । अभ्यामा व्यस्त मध्येका दीपक हमालले पुरानो लयमा फर्किन सरकारले खेलाडीका लागि वातावरणदेखि सबै पूर्वाधार व्यवस्था गर्नु पर्ने बताए ।

यस्तै राष्ट्रका लागि पदक दिलाएकी निमा घर्ती मगरले पनि लकडाउनपछि खेलमा फर्किन पाउँदा सबै खेलाडीमा उमंग छाएको बताइन ।

यी प्रतिनिधि खेलकुद गतिविधि मात्र सञ्चालनमा आएका हुन । अझै धेरै खेलकुद गतिविधि सञ्चालन हुन बाँकी नै छन् । तर त्यति सहज अवस्था भने छैन ।

फागुनमा तय भएको नवौं राष्ट्रिय खेलकुद गतिविधि लगाएतका अन्य प्रतियोगिता तपशिल नै छन् । त्यसका लागि गर्नु पर्ने तयारीका लागि पनि सरकारले छिट्टै पहल गर्नु पर्ने अवस्था आएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top