धान मासेर लगाएको किबीले मनग्गे आम्दानी

२८ कात्तिक ७७, शुक्रबार
Share this
722shares

२८ कात्तिक, बलेवा ।

Advertisement

स्थानीय जातको धान लगाउँदा वर्षदिनमा पाँच मुरी धान फल्ने खेतमा रोपाईं, गोडाई र उठाउने बेला लाग्ने खेतालाको खर्चसमेत धान र परालले उठाउन बागलुङ नगरपालिका–१३ पैंयुपाटाका भोलानाथ रिजाललाई हम्मेहम्मे हुन्थे । उनले परम्परागत खेती नै गर्दै आएका थिए। झण्डै पाँच रोपनी जमिन जोत्न दुई दिन लाग्थ्यो । पछि उनले छोरा महेन्द्रको आग्रहमा घरछेउको त्यस पाखो खेतमा किबी खेती गर्न थालेपछि भने मनग्गे आम्दानी गर्न सकेका छन् ।

वर्षमा एक बाली धानखेती पनि राम्रो नहुने त्यस खेतमा अहिले किबीले लटरम्म फल दिएको छ । हिजो धान फल्ने खेतमा किबी लगाउँ भन्दा छोराको आग्रह मान्न हिच्किचाएका भोलानाथ अहिले खेतबाटै धमाधम बिकी बिक्री गरेर पैसा लिन थालेपछि खुशीले गद्गद बनेका छन् ।

Advertisement

पैंयुपाटामा महेन्द्रले तीन वर्ष पहिले करिब रु पाँच लाख खर्चेर ८० बिरुवा भाले पोथी लगाएका छन्। बजारीकरणको समस्या नहोस भनेर ‘रिजाल कृषि तरकारी तथा फलफूल फर्म’ नाम दिएको कम्पनी छ । “अहिले झण्डै पाँच क्विन्टल फलेको छ”, महेन्द्र भन्छन्, “६०÷६२ बिरुवा मात्रै फल्दा त एकै बर्षमा लगानी उठ्ने देखियो ।” खेतबाटै प्रति किलो ४०० रुपैयाँमा बिक्री भएको भोलानाथ बताउँछन् ।

माटोअनुसारको खेती गर्न नजान्दा खर्च अनुसारको आम्दानी गर्न नसकेको महसुस भोलानाथले गर्न थालेका छन् । “कस्तो राम्रो फलेको, बजार उचित भए त आम्दानी गर्न विदेश जानुपर्दैन”, उनी भन्छन् । उनको किबी खेतीका लागि कृषि ज्ञान केन्द्र पर्वतले दुई लाख ५० हजार रुपैयाँ अनुदान दिएको थियो । किबीसँगै रिजालले अदुवा, प्याज, लसुन, खुर्सानी, बेसार लगायतका अन्य नगदेबाली लगाएका छन्।

Advertisement

झ्याल प्रजातिको किवीको रुखमुनि लगाएको नगदे बालीहरुले समेत घर खर्च चलाउने आम्दानी दिने गरेको रिजालले सुनाए ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top