गर्मी बढ्दै : तराईको तापक्रम ३८ डिग्री सेल्सियस नाघ्यो, काठमाण्डौको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान

२३ जेठ ७८, सोमबार

२४ जेठ, काठमाडौं ।

मौसम सफा भएसँगै देशका सबैजसो ठाउँमा गर्मी बढेको छ । तराईका जिल्लाको तापक्रम ३८ डिग्री सेल्सियस नाघेको छ ।

यो वर्ष गर्मी सुरु भएयताकै सबैभन्दा बढी हिजो भैरहवाको तापक्रम ३८ दशमलव ६ डिग्री सेल्सियस पुगेको हो ।

Advertisement

अस्ति भैरहवामा ३७ दशमलव ८ डिग्री सेल्सियस पुगेको तापक्रम हिजो बढेर ३८ दशमलव ६ डिग्री पुगेको हो । भैरहवा, सिमरा, नेपालगञ्ज र जनकपुरको तापक्रम हिजोभन्दा आज बढ्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् निराजन सापकोटाले आज तराईका जिल्लाको तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्ने बताए ।

Advertisement

काठमाण्डौ उपत्यकामा पनि गर्मी बढेको छ । केही दिनदेखियता काठमाण्डौको तापक्रम बढेर ३०–३१ को हाराहारीमा पुग्ने गरेको छ ।

अस्ति काठमाण्डौको तापक्रम ३१ दशमलव ६ डिग्री सेल्सियस थियो भने हिजो ३१ डिग्री सेल्सियस पुगेको थियो । आज काठमाण्डौको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् सापकोटाले जानकारी दिए ।

मौसम सफा भइ दिनभर घाम लाग्दा गर्मी बढेको हो । मनसुनी गतिविधि सुरु भएपछि फेरि तापक्रम घट्ने मौसमविद्ले बताएका छन् । सामान्यतया जुन १० तारिखमा नेपालमा मनसुन भित्रिने गर्दछ ।

यसपालि समयमानै मनसुन भित्रने मौसमविद्को अनुमान छ । यसपालिको मनसुनमा औसतभन्दा धेरै पानी पर्ने अध्ययनले देखाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top