गाउँ–गाउँमा नोबेलको निःशुल्क शिविर : भाउन्नेमा तीन सय बिरामीको निःशुल्क उपचार

विराटनगर,भदौ १२
बिपन्न बिरामीलाई लक्षित गरी गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले मोरङको भाउन्नेमा शिविर सञ्चालन गरी ३ सय भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । बेलवारी–१० भाउन्ने स्थित महेन्द्र माध्यमिक बिद्यालयमा गरिएको स्वास्थ्य शिविरबाट ३ सय ७ जना बिरामीले निःशुल्क उपचार सेवा लिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।

शिविरमा ६३ जनाको भिडियो एक्सरे, ४७ जनाको ल्यावटेष्ट र २३ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका मार्केटिङ अफिसर सञ्जय मण्डलले जानकारी दिए । शिविरमा आँखा रोग, हाडजोर्नी तथा नसा सम्बन्धि समस्या र मेडिसिनमा बढी मात्रामा बिरामीले उपचार गराएका छन् । नोबेल अस्पतालका बिषेशज्ञ डाक्टरसहित २२ जनाको टोली बिरामीको उपचारमा खटिएको थियो ।

Advertisement

शल्यक्रिया गर्नुपर्ने तथा गंभीर प्रकृतिका ४९ जना बिरामीलाई थप उपचारका लागि शिवरबाट नोबेल अस्पताल रिफर गरिएको छ । शिविरबाट रिफर भएका बिरामीलाई नोबेल अस्पताल ल्याउँन गाडीको ब्यवस्था मिलाउने र बिरामीको अवस्था हेरी उपचारमा छुट र निःशुल्क उपचारसमेत गरिने नोबेल शिक्षण अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ । यसैवीच, शिविरबाट धेरै राहत मिलेको उपचारमा आएका बिरामीले प्रतिक्रिया दिएका छन् ।

Advertisement

बिपन्न बिरामीलाई लक्षित गरी पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क शिविर गर्दै आएको नोबेलले केहि दिन अघि पनि मोरङको बैजनाथपुर र बेलवारी स्थित धरहरामा शिविर सञ्चालन गरी १ हजार ३ सय बिरामीको निःशुल्क उपचार गरेको थियो । नियमित निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको नोबेलले गत आर्थिक बर्ष शिविर मार्फत ४९ हजार बिरामीको निःशुल्क उपचार गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top