×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

टोटेनहम ३–० ले विजयी

१२ भाद्र २०७५

एजेन्सी, भदौ १२
इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार रातीको खेलमा टोटेनहम हट्सपरले म्यानचेस्टर युनाइटेडलाई ३–० ले पराजित गरेको छ । खेलको सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । घरेलु मैदान ओल्ड ट्राफर्डमा म्यानचेस्टर युनाइटेडले पहिलो हाफ निकै राम्रो प्रदर्शन गरेको थियो ।

रोमेलु लुकाकुले पहिलो हाफमा सुवर्ण अवसर खेर फालेका थिए । गोलरक्षक समेत बिट भइसकेको अवस्थामा उनले खाली पोस्टमा गोल गर्न नसक्दा युनाइटेड अग्रता लिनबाट चुकेको थियो । प्रशिक्षक जोसे मोउरिन्होले एलेक्सिस सान्चेजलाई बेन्चमा राखेपछि युनाइटेड आक्रमणमा केहि फितलो देखिएको थियो ।

Advertisement
Advertisement

दोस्रो हाफको सुरुमै टोटेनहमले अग्रता लिन सफल भयो । काइरान ट्रीपिएरको कर्नरमा फरवार्ड ह्यारी केनले हेडरमार्फत गोल गर्दै पाहुना टोलीलाई अगाडी बढाए । त्यसको दुई मिनेटमै लुकास मोउराले गोल गर्दै स्पर्सको अग्रता दोब्बर पारे । खेलको अन्त्यतिर मोउराले व्यक्तिगत दोस्रो गोल गर्दै ३(० को जित पक्का गरे । खेल अवधिभर युनाइटेडको डिफेन्सले लगातार गल्ति गर्दा स्पर्सलाई खेलमा अगाडी बढ्न सहज भएको थियो ।

Advertisement
Advertisement

यस जितसँगै टोटेनहम अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष ४ स्थानमा रहेका लिभरपुल, टोटेनहम, चेल्सी र वाटफर्ड सबैले लगातार तीन जित दर्ता गरेका छन् । युनाइटेड भने लगातार दोस्रो हारसँगै अंक तालिकामा उक्लन सकेन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top