यसकारण नेयमार बार्सिलोना फर्किए

१२ भदौ ७५, मंगलबार
Share this
730shares

एजेन्सी, भदौ १२
विश्व फुटबलका महँगा तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार जुनियर आफ्नो पूर्व क्लब बार्सिलोना फर्किएका छन् । नेयमार बार्सिलोनाबाट खेल्नका लागि नभई व्यापारिक इभेन्टको लागि अकस्मात बार्सिलोना पुगेका हुन् । यसक्रममा नेयमारले आफ्ना पूर्वसहकर्मी लुइस स्वारेज, इभान राकिटिक, जेरार्ड पिके, मार्क आन्द्रे टेर स्टेगन र राफिन्हासँग भेट गर्दै सामाजिक सन्जाल इन्स्टाग्राममा तस्वीर पोस्ट गरेका छन् ।

Advertisement

स्टेगनसँगको तस्वीरमा नेयमारले ‘तिमीहरु जस्तै मैले पनि मिस गरिरहको छु ।’ भनेर पोस्ट गरेका छन् । नेयमारको नसोचिएको बार्सिलोना भ्रमणले मिडफिल्डर इभान राकिटिकको पीएसजी यात्रा थप सहज भएको बताइएको छ । पीएसजीले राकिटिकलाई अनुबन्ध गर्न चाहिरहेको छ । पीएसजीले राकिटिकलाई ८१ मिलियन पाउन्डमा अनुबन्ध गर्ने प्रयास गरेको छ । स्पेन र फ्रान्समा अक्टोवर महिना भर ट्रान्सफर बजार खुल्ला रहनेछ ।

रियल भालाडोलिडमाथिको १–० को जित निकालेसँगै राकिटिकले बार्सिलोनाको जर्सीमा आफु खुशी रहेको र लामो समयसम्म बार्सिलोनामै रहने बताइसकेका छन् । सन् २०१३ मा ब्राजिलयिन क्लब सान्तोषबाट बार्सिलोना पुगेका २६ वर्षीय नेयमार एक वर्षअघि विश्व कीर्तिमानी २२२ मिलियन पाउन्डमा पिएसजी पुगेका थिए । फ्रेन्च लिग वानमा एन्जर्समाथि ३–१ को सहज जित निकाल्दा नेयमारले एक गोल गर्न सफल भएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top