गौतमबुद्ध रंगशाला निर्माणका लागि प्रदेश सरकारले दियो ३ करोड

२२ असाेज, हेटाैँडा ।

चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउन्डेसनलाई वागमती प्रदेश सरकारले ३ करोड रुपैयाँ प्रदान गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय हेटौंडामा बुधबार एक कार्यक्रमका बीच प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड रकमको चेक हस्तान्तरण गरेका हुन् ।

Advertisement

मुख्यमन्त्री पौडेलले धुर्मुस–सुन्तलीले उत्साहका साथ गरेको भन्दै कामको प्रशंसा गरे। रंगशाला निर्माण तीव्र गतिमा भएकोमा खुसी व्यक्त गर्दै उनले रंगशाला निर्माण छिटो सक्न शुभकामना दिए। उनले भने,‘प्रदेश सरकारले आगामी दिनमा पनि सहयोग जारी राख्नेछ । रंगशाला निर्माणमा चुनौती धेरै रहेको छ, तर प्रदेशको गौरवको आयोजना भएकाले जसरी पनि सफल बनाउनुपर्नेछ।’

कार्यक्रममा सामाजिक विकास मन्त्री युवराज दुलालले रंगशाला निर्माणको सफलता लागि शुभकामना दिँदै फाउन्डेसनलाई चुनौती पन्छाएर अघि बढ्न सुझाव दिए। फाउन्डेसनका अध्यक्ष कट्टेलले सरकारको सहयोगको अपेक्षा रहेको भन्दै रंगशालाका लागि जग्गा र सहयोग रकमका लागि धन्यवाद दिए।

Advertisement

‘रंगशाला निर्माणमा अहिले २ सय ३३ जनशक्तिले काम गरिरहेको छ,’ उनले भने, ‘सहयोगी मनहरूले सहयोग गरिरहेको भए पनि लकडाउनले परिस्थिति जटिल बनाएको छ।’ रंगशाला निर्माणका क्रममा ७ करोड रकम तिर्न बाँकी रहेको भन्दै उनले आफूहरूले हिम्मत नहारेको पनि बताए।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव डा. मानबहादुर बि.के., मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जे.एन. थपलिया, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्लेलगायतको सहभागिता रहेको थियो।

रंगशाला निर्माणका लागि यसअघि हेटौंडा उपमहानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग गरेको थियो । यसैगरी केही साता अघि मात्रै भरतपुर महानगरपालिकाले ५० लाख सहयोग गरेको थियो ।भरतपुर महानगरपालिकाले दिने भनेर घोषणा गरेको गत वर्षको ६ करोड सहयोग रकम अझै दिन बाँकी छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top