गौतम बुद्ध स्कुलले मनायो ३८ औं वार्षिक उत्सव

३ फागुन ७५, शनिबार

विराटनगर, फागुन ४

विराटनगर– १६ स्थित गौतम बुद्ध मेमोरिय सेकेण्डरी स्कूलले ३८ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । गौतम बुद्धले स्कूल परिसरमा शनिबार एक भव्य समारोहको बिच आफ्नो स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसमा स्कूलले विज्ञान प्रर्दशनीको साथै ‘फन फिस्टा’ समेत गरेको थियो । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सो स्कूलले आफ्नो स्थापना दिवसको अवसर पारेर विगत २५ वर्षदेखी गौतम बुद्धमा अध्यापन गराउँदै आएका सात जना शिक्षकहरूलाई विशेष सम्मान गरेको छ ।

Advertisement

कर्यक्रममा स्कुलका शिक्षिका मार्साङ लामा तामाङ्ग, तारा प्रधान, शिक्षक अर्जुन कुमार मल्ल ठकुरी, निर्मल राई, नरेश सिंह, पुष्पराज शाक्यलाइ स्कूलले सम्मान गरेको हो । विद्यालयको शैक्षिक विकासमा उल्लेखिनय योगदान पु¥याएको भन्दै सम्मानित भएका शिक्षकहरूलाई कदर पत्र र दोसल्ला ओढाएर स्कूलका प्रिन्सिपल केशवलाल सिंह सुवाल र भाइस प्रिन्सिपल निकिता ताम्राकार सुवालले गरेका थिए ।

कार्यक्रममा बोल्दै स्कूलका प्रिन्सिपल सुवालले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान सधैव लागि पर्दै आएको बताए । ‘स्थापना कालदेखि विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिदै आएका छौं,’ स्कूलका प्रिन्सिपल सुवालले भने , ‘हामीले हाम्रो विद्यार्थीहरूलाई जीवन उपमुखी शिक्षा दिँदै आएका छौं । यसलाई निरन्तरता दिदै आगामि दिनमा अगाडी बढनेछौं ।’

कार्यक्रममा निजी तथा अर्गनाइजेसन (प्याब्स्न) मोरङको सह–सचिब विष्णुं डंगोल, अभिभाव संघ १ नम्बर प्रदेशका अध्यक्ष देवी पन्थीलगायले बोलेका थिए ।

सोही अवसरमा कक्षा एक देखि कक्षा दशसम्मका विद्यार्थीहरूले साँस्कृति झल्किने पहिरन लगाएर नृत्य प्रस्तुत गरेका थिए भने ८, ९ र १० का विद्यार्थीहरूका विज्ञान प्रदर्शन गरे । विद्यार्थीहरू आफँैले बनाएको विज्ञानसँग सम्बन्धित उपकरणहरू प्रर्दशनमा राखेको स्कूलले जनाएको छ । विज्ञान प्रर्दशनमा आधा दर्जन स्टलहरू रहेको थियो । त्यस्तै प्याब्सन मोरङले आयोजना गरेकोे विभिन्न खेलकुद प्रतियोगितामा विजेता हुने विद्यार्थीहरूलाई समेत पुरस्कार वितरण गरियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top