घरझगडामै अल्झिए ठूला दल, कोरोना संक्रमण नियन्त्रणबाहिर

२३ असोज ७७, शनिबार

काठमाडौँ : सत्ताको बागडोर सम्हालेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यति बेला घरझगडामै व्यस्त छन्। कोरोना महामारीबीच दुवै दल महाधिवेशनको तयारीमा लागेका छन्। नेकपाले आउँदो चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने मिति तय गरेको छ भने कांग्रेसले फागुनमा महाधिवेशन गर्ने भनेको छ। यसै मेलोमा दुई पार्टीका संस्थापन पक्षधर र संस्थापन इतरका नेताहरूबीच पदीय भागबन्डा र आन्तरिक किचलो बढिरहेको छ।

केन्द्रीय सत्ता सञ्चालन गरिरहेको नेकपाको वर्चस्व प्रदेश र स्थानीय तहको सत्तामा पनि छ। ६ वटा प्रदेश सरकार र चार सय दुई स्थानीय तह नेकपाले हाँकिरहेको छ। तीन तहमा सत्ताको नेतृत्व गरेको नेकपाका नेताहरू भने आन्तरिक कलहमा रुमलिएका छन्। केन्द्रीय नेतृत्वले कोरोना संक्रमणको सात महिना बित्दा पनि नेता–कार्यकर्तालाई जनचेतनाका कार्यक्रम दिएर पठाउन सकेको छैन। दुई पार्टी एकतापछि बनेको नेकपाले आफूसँग आठ लाख पार्टी सदस्य रहेको दाबी गरेको छ। नेकपा, कांग्रेसजस्ता पार्टीको संगठन गाउँ तहसम्म फैलिएको छ।

ठूलो संख्यामा संगठित कार्यकर्ता भएका यी पार्टीले अहिलेसम्म आफ्ना नेता–कार्यकर्तालाई संक्रमणप्रतिरोधी जनचेतनामा खटाएका छैनन्। सूचना, सञ्चार र प्रविधिको युगमा राजनीतिक दलहरूले डिजिटल माध्यमबाट समेत कोरोनाविरुद्ध सन्देश प्रचारप्रसार गर्न सकेनन्। निर्वाचनका बेला सबै दलले राष्ट्रिय मिडियामा ज्याकेट विज्ञापन दिने, विभिन्न सामग्री बनाएर डिजिटल माध्यमबाट प्रचार गर्ने, टिसर्ट बनाउने, ब्यानर–तुल टाँग्नेजस्ता कार्य गरेर सर्वसाधारणलाई आफ्नो पक्षमा मतदान गर्न प्रेरित गरेका थिए। तर अहिले कोरोना संक्रमणका लागि त्यस्ता प्रचार र सन्देशमूलक सामग्री आवश्यक पर्ने भए पनि राजनीतिक दलहरू कुना बसेर घरझगडामा रमाएका छन्।, याे खबर नागरिक दैनिकमा छ ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top