डा. केसीको धड्कन असामान्य

२३ असोज ७७, शनिबार

काठमाडौँ : अनशनरत डा. गोविन्द केसीको मुटुमा हरेक मिनेटमा असामान्य धड्कन देखिएको छ । यसबाट एक्कासि मुटुले काम गर्न नसक्ने (सडन कार्डियाक एरेस्ट) जोखिम बढेको र यसअघिका अनशनभन्दा स्वास्थ्यस्थिति जटिल देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

६४ वर्ष पुगिसकेका डा. केसीको यसअघि १५ औं अनशन २७ दिनसम्म चलेको थियो । ‘अहिले हरेक मिनेटमा एक–दुई पटक असामान्य धड्कन देखिएको छ,’ उपचारमा संलग्न स्वास्थ्य टोलीका संयोजक डा. सुवासप्रसाद आचार्यले भने, ‘असामान्य धड्कन बढ्दै जाँदा मुटुको चालमा गडबड भएर सडन कार्डियाक एरेस्ट हुन सक्छ ।’

डा. केसीलाई निमोनिया हुने सम्भावना बढी देखिएकाले शुक्रबार छातीको ‘सिटिस्क्यान’ गरिएको छ । ‘सिटिस्क्यानमा अलिकति समस्या देखियो,’ डा. आचार्यले भने, ‘छातीमा देखिएको परिवर्तन संक्रमण वा कुन कारणले हो भन्न सकिने स्थिति छैन ।’ थप समस्या पहिचान गर्न शनिबार रेडियोलोजिस्टको सल्लाह लिने तयारी रहेको उनले बताए ।

Advertisement

डा. केसी शारीरिक रूपमा अत्यन्त कमजोर भएका छन् । छातीमा दुखाइ, थकाइ, मांसपेशी दुखाइसँगै बाउँडिने, चक्कर लाग्नेजस्ता समस्या निरन्तर देखिएका छन् ।

उनलाई न्यून परिश्रममा समेत सास फेर्न गाह्रो भइरहेको चिकित्सकले बताएका छन् । शुक्रबार केही क्षण अक्सिजन नदिँदा सास फेर्न गाह्रो भएको थियो । त्यो समय अक्सिजन स्याचुरेसन ८६–८७ प्रतिशतमा झरेको थियो । ‘केही मिनेट अक्सिजन नलिएर सामान्य रूपमै सास फेरिरहनुभएको थियो । लगत्तै फेस मास्कको माध्यमले प्रतिमिनेट ४ देखि ६ लिटरसम्म अक्सिजन दिन थालियो,’ डा. आचार्यले भने, ‘अक्सिजन दिन थाल्दा अक्सिजनको स्याचुरेसन ९४–९५ प्रतिशतमा पुग्यो ।’, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top