चन्दा उठाएर ‘बाँदर धपाऊ’ अभियानमा लागे खोटाङबासी

काठमाडौं : बाँदरको आतंक नियन्त्रणका लागि खोटाङका स्थानीय चन्दा उठाएर अभियानमा लागेका छन् । बाँदरका बथान आएर खेतबारीका बालीनाली सखाप पार्ने गरेका कारण खोटाङको उत्तरी क्षेत्रका बासिन्दाले ‘बाँदर धपाऊ’ अभियान सुरु गरेका हुन्।,यो खबर आजको नागरिक दैनिकमा छ ।

Advertisement

कपिलासगढी गाउँपालिका वडा नम्बर ४ का बाक्सिला, सिमपानी, दशकटे, खोक्मा, खुवालुङ, पोखरी वडा नम्बर ३ को बाँसपानी, वडा नम्बर ५ को सप्तेश्वरीस् तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ११ मा पर्ने खार्मी लगायत गाउँका बासिन्दाले आपसमा चन्दा उठाएर अभियान थालेको बताएका छन्।

बाँदरले हैरान पारेपछि प्रतिघरधुरी दुई सय रुपैयाँ उठाएर बाँदर धपाउने टोली परिचालन गरेको केपिलासगढी गाउँपालिका, ३ का वडाध्यक्ष खगेन्द्र गुरुङले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top