चलचित्र ‘प्रेमगीत ३’ को दोस्रो गीत ‘हर युग होस्’ सार्वजनिक( भिडियो)

१० फागुन, काठमाडौँ ।
यस वर्षको बहु प्रतीक्षित चलचित्र ‘प्रेमगीत ३’ को दोस्रो गीत ‘हर युग होस्’ सार्वजनिक भएको छ । महा शिवरात्रिको अवसरमा शुक्रबार सो गीत सार्वजनिक गरिएको हो ।

Advertisement

सार्वजनिक गीतमा फिल्मका चल अचल दृश्यहरू समावेश गरिएको छ । भिडियोमा दुई प्रमुख पात्र प्रेम(प्रदीप) र गीत (कृष्टिना) को प्रेम भाव बोकेको छ । गीत को भिडियोमा बाल कलाकार अनुभव रेग्मी र संवृद्धि शाही ठकुरी पनि फिचर्ड छन् ।

प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको शीर्ष गीतमा राजेश कुमार श्रेष्ठको शब्द र एलिश कार्कीको सङ्गीत रहेको छ । आगामी चैत २८ मा प्रदर्शनमा आउने चलचित्रमा नव(अभिनेत्री क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, अनुभव रेग्मी, संवृद्धि शाही ठकुरीलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।

Advertisement

आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति यस चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको सङ्गीत रहेको छ भने राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । भूपेन्द्र अधिकारीले सम्पादन रहेको ‘प्रेमगीत ३’ चलचित्रको भएको गीत ‘हात्ती ढुंगामा’ले दर्शकको मन जितेको छ । चलचित्रका यि दुबै गीतले चलचित्रको हाइप बढाउने अनुमान लगाउन सकिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top