चलचित्र ‘परदेशी २’ को शुभ मुहूर्त, प्रकाशसँग बाँधियो वर्षाको जोडी

९ फागुन ७६, शनिबार

१० फागुन, काठमाडौँ ।
प्रशान्त तामाङको मुख्य भूमिका रहेको चलचित्र ‘परदेशी’ को सिक्वेलको शुभ मुहूर्त गरिएको छ । महाशिवरात्रिको अवसर पारेर शुक्रबार शुभ मुहूर्त गरेसँगै छायांकन सुरु गरिएको हो ।

Advertisement

‘परदेशी २’ नाम राखिएको चलचित्रमा चर्चित लोक गायक प्रकाश सपुतले नायकको रूपमा डेब्यू गर्ने भएका छन् । भने उनको जोडीको रूपमा नायिका वर्षा सिवाकोटी देखिनेछिन् । नारायण रायमाझीको निर्देशनमा निर्माण हुने चलचित्र आजै बाट फ्लोरमा गएको छ । चलचित्रले रोजगारीको सिलसिलामा परदेश गएका युवाहरूको कथा भन्ने छ । चलचित्र ‘परदेशी’ २०७२ सालमा प्रदर्शनमा आएको थियो ।

आफ्नो डेब्यु चलचित्रलाई लिएर उत्साहित रहेको प्रकाशले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top