३० जेष्ठ, चितवन । चितवनको माडी नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुरको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा माडीका ८ जनामा संक्रमण भेटिएको भरतपुर अस्पतालले जानकारी दिएको हो ।
माडीका ८५ जनाको नमुना परीक्षण गरिएकोमा ८ जनामा पोजेटिभ भेटिएको हो । चितवनको कोरोना अस्पतालबाट हालसम्म ८ जना निको भएर घर फर्किएका छन् ।