चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा भेटिए धेरै गैँडा

२६ जेठ ७८, बिहीबार

२७ जेष्ठ, चितवन ।
चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा धेरै गैँडा रहेको पाइएको छ ।

हालै सम्पन्न राष्ट्रिय गैँडा गणनाको तथ्याङ्कअनुसार पश्चिमी क्षेत्रमा धेरै गैँडा भेटिएका हुन् । गैँडा गणनाका क्रममा निकुञ्ज र आसपासका क्षेत्रलाई १८ भागमा विभाजन गरिएको थियो ।

सो क्रममा आएको तथ्याङ्कअनुसार निकुञ्जको मुख्य कार्यालय कसरादेखि पश्चिमतर्फ ४२९ गैँडा भेटिएका हुन् । पूर्वतर्फ यो सङ्ख्या २६५ मात्रै रहेको छ ।

Advertisement

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार मुख्य कार्यालय कसराबाट पश्चिमतर्फ पर्ने सुखीभार क्षेत्रमा सबैभन्दा बढी १५४ वटा गैँडा भेटिएका छन् । यो क्षेत्र कसरासँगै जोडिएको क्षेत्र हो ।

यसलाई मध्यभाग मान्दा पूर्व र पश्चिम उस्तै उस्तै सङ्ख्यामा रहेका छन् । पूर्वमा २६५ र पश्चिममा २७५ रहेका छन् ।
यस वर्षको गणनामा निकुञ्जमा ६९४ गैँडा भेटिएका थिए ।

Advertisement

पूर्वमा सौराहा आसपासका क्षेत्रमा गैँडाको राम्रो बसोबास रहेको पाइएको छ । यहाँ ९५ वटा गैँडा रहेका छन् । निकुञ्जको पुरानो पदमपुर आसपासका क्षेत्रमा ती गैँडा गणनाका क्रममा भेटिएका हुन् ।

त्यसैगरी सोही क्षेत्रको नजिक बहपुर खोला आसपासमा ६३ वटा गैँडा भेटिएको तथ्याङ्कमा उल्लेख छ । सबैभन्दा कम मकवानपुर जिल्लाको प्रतापपुर क्षेत्रमा एउटा मात्रै गैँडा भेटिएको अधिकारीले जानकारी दिए ।

त्यस्तै त्रिवेणीको कानामाना क्षेत्रमा तीन वटा मात्रै गैँडा भेटिएका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले घाँसे मैदान र पानीको स्रोतहरु पूर्वमा बढी व्यवस्थित भए पनि पश्चिममा गैँडाको सङ्ख्या बढी भएको बताए ।

भारततर्फ जानसक्ने टेम्पल टाइगर, भेलौजी, सेरी, धजाहा, बगुवनलगायतका क्षेत्रमा १०० भन्दा बढी गैँडा रहेको तथ्याङ्कमा देखिएको छ । ती क्षेत्रमा धेरै गैँडा हुनु जोखिमपूर्ण रहेको बरालको भनाइ छ ।

त्यहाँबाट भारततर्फ गैँडा जान सक्ने भएकाले ती गैँडालाई आन्तरिक स्थानान्तरण गरी पूर्व क्षेत्रमा लैजानुपर्ने बरालले बताए । गणनाअघि नै निकुञ्जका अधिकारीहरुले पश्चिम क्षेत्रका गैँडालाई पूर्वमा ल्याउनुपर्ने बताउँदै आएका थिए ।

केही वर्षअघि राप्ती र नारायणीमा आएको ठूलो बाढीले धेरै गैँडा बगाएर भारत पु¥याएको थियो । केहीलाई उद्धार गरी ल्याइएको भए पनि अझै केही भारतीय क्षेत्रमा रहेको अनुमान छ ।

गणनाका क्रममा ४७४ वटा वयस्क, ९५ अर्धवयस्क र १२५ बच्चा गैँडा भेटिएका थिए ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top