१७ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण निश्चित भएसँंगै काठमाडौं सिंगारिन थालिएको छ । आफ्नो क्षेत्रभित्र पर्ने मन्त्रालय र स्थानीय निकायलाई अहिले भ्याई–नभ्याई छ ।
यही ‘असोज २७ गते नेपाल आउने’ राष्ट्रपति सीलाई स्वागत गर्न सिंगै सरकार, काठमाडौं महानगरपालिका, निजी क्षेत्र, बैंकलगायत एक दर्जनभन्दा बढी निकाय लागिपरेका छन् ।
राष्ट्रपति सी हिँड्ने सडकमा सरकारी कार्यालय र ठूला बैंकले स्वागतद्वार निर्माण गर्नेछन्।
राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय वाणिज्य बैंक, नेपाल टेलिकम, उद्योग वाणिज्य महासंघ, काठमाडौं महानगरपालिका, खाद्य संस्थान, स्ट्यान्डर चार्टड बैंकलगायत निकायले स्वागतद्वार निर्माण गर्नुपर्नेछ ।
भ्रमण गर्ने रुटमा बाटो सफा गर्ने, जेट मेसिनले बाटो पखाल्ने, बु्रमर लगाउने, आइल्यान्ड मर्मत गर्ने र फूलसहितको गमला राख्ने, आकाशेपुलमा विशेष सजावट गर्ने, बाटोको डिभाइडर खाली गर्ने, जेब्राक्रस र रेलिङ्मा रङ लगाउनेलगायतका महत्वपूर्ण काम धमाधम भइरहेका छ। अधिकांश सजावट गर्ने काम रातभर हुँदै छ।
यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।