चीनबाट ल्याएको खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई दिने तयारी

935SHARES

१८ चैत, काठमाडौँ । सरकारले चीनबाट ल्याएको खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई दिने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चिनियाँ खोप पूर्वाधारका लागि उपयुक्त अस्पतालबाट ४० देखि ५९ वर्ष उमेरका नागरिकलाई दिने तयारी छ ।

उनीहरुका लागि मन्त्रालयले फरक कार्डको व्यवस्था गर्नेछ । चीन सरकारले नेपाललाई ८ लाख डोज खोप अनुदानमा दिएको छ ।

ती खोप चैत १६ गते नेपाल ल्याइएको थियो । चिनियाँ खोप लगाउने विषयमा खोप सल्लाहकार समितिबाट परामर्श लिएर छिटै निर्णय गर्ने गौतमले बताए ।

छुटाउनुभयो कि?

सम्पूर्ण