७ चैत, काठमाडौं ।
सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्न निर्देशन दिएको छ ।
शुक्रबार देशबासीलाई संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न निर्देशन दिएका हुन् ।