चौधौँ सागमा ७५ स्वर्ण जित्छौँ: सदस्यसचिव सिलवाल

१ पुस ७६, बुधबार

२ पुस, काठमाडौँ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले पाकिस्तानमा आयोजना हुने १४औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले ७५ स्वर्ण पदक जित्ने लक्ष्य राखेको बताएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्मा १३औँ सागमा बक्सिङतर्फ पदक विजेता खेलाडीलाई तथा चीन जाने बक्सिङ खेलाडीको बिदाइ कार्यक्रममा सदस्यसचिव सिलवालले १४औँ सागका लागि अहिलेदेखि नै तयारी थाल्न निर्देशन दिए ।

उनले १३औँ सागमा लक्ष्यअनुरुप नै नेपालले पदक जितेकामा खुशी व्यक्त गरे । ‘तेह्रौँ सागमा स्वर्ण जित्नेले एशियाली खेलकूलमा समेत स्वर्ण नै जित्नु प¥यो’, उनले भने, ‘अब त्यही अनुसार तयारी थाल्नुस् ।’ प्रतियोगिता सम्पन्न भएको पाँच दिनभन्दा बढी समयसम्म प्रशिक्षणविहीन अवस्थामा बस नहुने भन्दै उनले अभ्यासमा जुट्न खेलाडी तथा प्रशिक्षकलाई निर्देशन दिए ।

Advertisement

तेह्रौँ सागमा महिला खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको सदस्यसचिव सिलवालको भनाइ थियो । ‘तेह्राँै सागमा ५१ मा ३० स्वर्ण महिला खेलाडीले जिते’, उनले भने, ‘महिला खेलाडीलाई खेलतर्फ आकर्षित गर्न जरुरी छ ।’ पदक जित्ने खेलाडीलाई सङ्घीय सरकारसँगै प्रदेश र स्थानीय सरकारले समेत नगदसहित सम्मान गर्न लागेको उनले उल्लेख गरे ।

पदक विजेता बक्सिङ खेलाडीलाई सम्मान

Advertisement

यसैबीच तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा पदक विजेता बक्सिङ खेलाडीलाई सम्मान गरिएको छ । नेपाल बक्सिङ सङ्घद्वारा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्मा आयोजित कार्यक्रममा राखेपका सदस्यसचिव सिलवाल, नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवाले, सङ्घका संस्थापक अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, सङ्घका पूर्वअध्यक्ष रविराज थापालगायतले पदक विजेता खेलाडीलाई सम्मान गरेका थिए ।

सो अवसरमा १३औँ सागमा बक्सिङको ५४ किलो तौल समूहमा स्वर्ण विजेता महिला खेलाडी मिनु गुरुङ तथा ६० र ६४ किलो तौल समूहमा स्वर्ण विजेता पुरुष खेलाडी क्रमशः सनिल शाही र भूपेन्द्र थापालाई जनही रु दुई लाखसहित सम्मान गरिएको थियो । तीनै जनालाई सङ्घका अध्यक्ष अवालेले जनही रु एक लाख ५० हजार तथा संस्थापक अध्यक्ष श्रेष्ठले जनही रु ५० हजार प्रदान गरेका थिए । तेह्रौँ सागमा बक्सिङमा छ रजत तथा छ कास्य जित्ने खेलाडीलाई समेत चाँडै सम्मान गरिने अध्यक्ष अवालेले जानकारी दिए ।

मिनु र भुपेन्द्र ‘एशियन ग्रान्ड स्लाम’मा सहभागी हुने

तेह्रौँ सागमा बक्सिङमा स्वर्ण पदक जितेका मिनु गुरुङ र भुपेन्द्र थापा यही पुस ४ र ५ गते चीनमा आयोजना हुने ‘एशियन ग्रान्ड स्लाम’मा सहभागी हुने भएका छन् । गुरुङले ५४ किलो तौल समूह तथा थापाले ६४ किलो तौल समूहमा प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ सङ्घक अध्यक्ष अवालेले जानकारी दिए । ग्रान्ड स्लाममा गुरुङ र थापासँगै प्रशिक्षकद्वय रमेश श्रेष्ठ र सुवर्ण सापकोटा तथा व्यवस्थापक शोभाजङ्ग केसी चीन जानु हुनेछ । उनीहरुको आज आयोजित कार्यक्रममा राखेप सदस्यसचिव सिलवाल, सङ्घका अध्यक्ष अवाले, संस्थापक अध्यक्ष श्रेष्ठ, पूर्वअध्यक्ष थापालगायतले बिदाइ गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top