जंगली हात्ती मृत फेला

0SHARES

२१ भाद्र २०७५ नेपाल टाईम्स

विराटनगर,भदौ २१ : झापाको मेचीनगर नगरपालिका वडा नम्बर–९ स्थित एक किसानको धानखेतमा आज विहान बयस्क जंगली हात्ती मृत फेला परेको छ ।

स्थानीय किसान रोहितकुमार ढुङ्गानाको खेतमा दुवै दाह्रा हिलोमा जोतिएको अवस्थामा हात्ती मृत फेला परेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

जिल्ला वन कार्यालय र प्रहरीको टोली हात्ती मरेको स्थानमा गएको छ । एक महिना अघि मेचीनगर–३ कै पाँचपोखरी सामुदायिक वनमा अर्को बयस्क हात्ती मरेको अवस्थामा भेटिएको थियो ।

विज्ञापन बक्स