जनकपुरमा भएको प्रदर्शनमा प्रहरीद्वारा बल प्रयोग, पाँच राउण्ड हवाई फायर

१८ असार, जनकपुर । सरकारको लापरबाहीका कारण नै दलित समुदायले ज्यान गुमाउनु परेको भन्दै जनकपुरमा विरोध प्रदर्शन भएको छ ।

सरकारको लापरबाहीका कारण मलरा सदा, शम्भु सदा र राजु सदाको ज्यान गएको र मृतकले न्याय पाउनुपर्छ भन्दै प्रदेश २ का मुसहर समुदायले विरोध प्रदर्शन गरेका हुन्।

लकडाउनका बेला सप्तरीका मलरा सदाले खान नपाएर प्राण त्यागेका थिए । त्यसैगरी भारतको मद्रासबाट आएका १६ वर्षीय राजु सदाको प्रादेशिक अस्पताल जनकपुरस्थित आइसोलेसनमा उपचार अभावका कारण मृत्यु भएको थियो।

Advertisement

सबैलास्थित इलाका प्रहरी कार्यालयको हिरासतमै रहेका बेला २३ वर्षीय शम्भु सदाको शव शौचालयको भेन्टिलेटरमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको थियो।

तीन जना निर्दोषको मृत्यु राज्यको लापरवाहीले भएको आरोप लगाउँदै मुसहर समुदायले संलग्न रहेका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन्। दलित संघर्ष समितिले प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालय समेत घेराउ गरेका थिए।

Advertisement

जनकपुरको संकट मोचन मन्दिर अगाडि जम्मा भएका दलित समुदायले निकालेको जुलुस ब्रह्मपुरी चोक, मुख्यमन्त्रीको कार्यालय घेराउ गर्दै मिल्स एरिया, भानु चोक, शिव चोक र जनक चोकमा पुगेर टुंगिएको थियो।

मिल्स एरियामा प्रदर्शनकारीको भीडले प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले ५ राउण्ड हवाई फायर र तीन राउण्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीको लाठी चार्जमा दुई दर्जन बढी घाइते भएका छन् ।

प्रदेशका ८ वटै जिल्लाबाट आएका प्रदर्शनकारीहरुले गरेको प्रदर्शन अनियन्त्रित भएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालय धनुषाको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

सम्बन्धित समाचार

Scroll to Top