भारतमा दैनिक २ लाख भन्दा बढीमा कोरोना परीक्षण

१८ असार ७७, शुक्रबार

१८ असार, एजेन्सी ।
भारतमा हालसम्म ९१ लाख व्यक्तिमा कोरोनाभाइरसको परीक्षण गरिएको छ । संघीय स्वास्थ्य तथा जनकल्याण मन्त्री डा हर्षवद्र्धनले हालसम्म ९१ लाख व्यक्तिमा परीक्षण गरिएको जानकारी दिए ।

भारतमा ६ लाखमध्ये ३ लाख ६० हजार कोरोनाभाइरसका बिरामी निको भएर घर फर्किसकेका छन् ।भारतमा कोरोनाभाइरस सङ्क्रमितको मृत्यु दर २.९४ प्रतिशत छ । भारतमा निको हुन दर करीब ६० प्रतिशत छ । र सङ्क्रमितको संख्या दोब्बर हुन करीब २१ दिन लागेको छ ।

भारतीय सञ्चारमाध्यम द् टाइम्स अफ द् इन्डियाको अनलाइन संस्करणका अनुसार मन्त्री हर्षवद्र्धनले एक अर्ब ३५ करोड जनसंख्या भएको देशमा ६ लाख सङ्क्रमित हुनु अनावश्यक तनाब लिनुपर्ने नरहेको दाबी गरे ।

भारतमा बुधबार मात्रै दुई लाख ३० हजार जनामा सङ्क्रमणको परीक्षण गरिएको थियो । एउटा प्रयोगशालाबाट सुरु भएको परीक्षण हाल देशभरिका एक हजार ६५ प्रयोगशालामा बिस्तार भएको डा. हर्षवद्र्धनलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

भारतमा जोखिम न्यूनिकरण गर्न सरकारले हालसम्म एक करोड १८ लाख व्यक्तिगत् सुरक्षा उपकरण(पीपीई) किट वितरण गरेको छ । एक करोड ९५ लाख एन ९५ मास्क वितरण गरिएको छ । उनले देशभरिमा करीब १३ लाख शैय्या अझै रिक्त रहेको जानकारी दिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top