जबरजस्ती सामाजिक सुरक्षा कोषमा समावेश गराउन खोजे आन्दोलन गर्छौँ : फियन

२० जेठ ७८, बिहीबार
Share this
783shares

२० जेठ, काठमाडौं ।

Advertisement

सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा सूचीकरणका लागि दबाब दिएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ (फियन) ले आन्दोलनको चेतावनी दिएको छ ।

सामाजिक सुरक्षा कोषले एक सूचना निकाल्दै २०७८ असार मसान्तसम्म योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सुचीकृत हुनका लागि निजी तथा सङ्गठित संस्थाहरूलाई आग्रह गरेको थियो ।

Advertisement

तर सरकारको नीति नियमअनुसार व्यावसायिक, पारदर्शी र अनुशासित रूपमा सञ्चालित बैंक, बीमा तथा वित्तीय संस्था तथा संस्थाका कर्मचारीलाई खाइपाइ आएको सेवा, सुविधा कटौती हुने गरी जबरजस्ती सामाजिक सुरक्षा योजनामा सरिक गराउन कोषले दबाब दिएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई आकर्षक हुने गरी योजना नल्याइ षड्यन्त्रमूलक र दुराशयपूर्ण किसिमले कर्मचारीलाई मर्का पर्ने किसिमले सामाजिक सुरक्षा योजनामा लान खोजिएकाले आफूहरु विरोधमा उत्रिनुपरेको नेपाल वित्तीय संस्था कर्मचारी सङ्घका अध्यक्ष पदमराज रेग्मीले बताए ।

Advertisement

कोभिड–१९ महामारीका कारण बैंक तथा वित्तीय क्षेत्र सङ्कटमा परेको भन्दै यस्तो बेला कोषमा सूचीकृत हुन नसकिने सङ्घले जनाएको छ । अहिलेको व्यवस्थाहरू परिमार्जन गर्नुपर्ने सङ्घको ठम्याइ रहेको अध्यक्ष रेग्मीले बताउनुभयो ।

सामाजिक सुरक्षा कोषमा जबरजस्ती गरेर समावेश गराउन खोजे आन्दोलनमा उत्रिने अध्यक्ष रेग्मीले बताए ।

बैंक तथा वित्तीय संस्थाहरूमा कार्यरत कर्मचारीको स्वास्थ्य सुरक्षा, औषधि तथा स्वास्थ्य उपचारको व्यवस्थाका साथै यस क्षेत्रमा खोप लगाउन छुटेका कर्मचारी तथा कर्मचारीको कारणले जोखिममा परेका कर्मचारीका परिवारका सदस्यलाई समेत अनिवार्य खोपको व्यवस्था गर्न पनि सङ्घले माग गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top