‘स्वास्थ्यकर्मीमाथि कुटपिट हुनु आपराधिक गतिविधि नै हो, अब जो पायो त्यसलाई शय्यासम्म जान नदिनू’

२० जेठ ७८, बिहीबार
Share this
736shares

२० जेठ, बाँके ।

Advertisement

बाँकेको भेरी अस्पतालमा भएको घटनाको दोषीलाई कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ ।

कोरोना महामारीको यो अवस्थामा दिनरात नभनी बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट हुनु आपराधिक गतिविधि नै भएको निष्कर्ष निकाल्दै दोषीलाई कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको हो ।

Advertisement

छानबिन समितिले घटनाबारे अनुसन्धान गरेको प्रतिवेदन प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई बुझाइसकेको छ । छानबिन समितिमा रहेका एक जनाले भने, ‘हामीले हाम्रो जिम्मेवारी पूरा गरिसकेका छौँ, छानबिनमा दोषीलाई कानुनअनुसारको कारबाही गर्न तथा अस्पतालले सुधार गर्नुपर्ने लगायतका कुरामा सुझाव दिएका छौँ ।’

छानबिन समितिले पीडित, प्रत्यक्षदर्शी तथा पीडकसँग छलफल गरेको थियो । भेरी अस्पतालमा यसअघि पनि डर र त्रासको वातावरण बनेको गुनासो आएकाले अब यस्ता घटना दोहोरिन नदिन, सुरक्षा व्यवस्था चुस्त बनाउन, जो पायो त्यसलाई अस्पतालको शय्यासम्म पुग्न नदिन, निगरानी बढाउन, जनशक्ति तथा स्रोत–साधन थप्ने लगायतको सुझाव छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले छानबिन समितिले बुझाएको प्रतिवेदनमाथि अध्ययन भइरहेको बताउनुभएको छ ।

गएको जेठ १३ गते भेरी अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको ज्यान गएपछि आफन्तले आईसीयूमा खटिएका डाक्टर तथा नर्सलाई कुटपिट गर्दै दुर्व्यवहार गरेका थिए ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकराज रावत र उहाँका भाइहरू मानबहादुर र भरत अझै पनि प्रहरीको हिरासतमा छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top