सप्तरीमा करेण्ट लागेर महिलाको मृत्यु

१९ जेठ ७८, बिहीबार

२० जेठ, सप्तरी ।

Advertisement

डाक्नेश्वरी नगरपालिकामा आज एक महिलाको करेण्ट लागेर मृत्यु भएको छ ।

खेतमा तरकारी टिप्न गएकी डाक्नेश्वरी नगरपालिका–३ तरहीकी ५५ वर्षीया इनरदेवी रायको मृत्यु भएको साविक तरही गाविसका पूर्वअध्यक्ष शोभानन्द रायले जानकारी दिए ।

Advertisement

स्याल, सुङ्गुरबाट सुरक्षाका लागि खेतमा बिछ्याइएको नाङ्गो तारमा करेण्ट लागेर मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन् । घटनास्थलमै महिलाको मृत्यु भएको र प्रहरीलाई खबर गरिएको मृतकका श्रीमान् रामवृक्ष रायले बताए ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top