जलवायु परिवर्तनले धकेलियो हिउँदे झरी

काठमाडौं : मध्य हिउँदपछि हरेक साताजसो हिउँदे झरी दोहोरिन थालेपछि हिउँदले विदा माग्न पाएको छैन । अझै जाडो घटेको छैन ।

भू–मध्य सागरको वायुको प्रभावले देशका अधिकांश भू–भागमा मध्यमदेखि हल्का हिउँदे झरी र हिमपातको गतिविधि दोहोरिदैछ । आइतवार धेरै ठाउँको मौसम सुधार भएपनि सोमवार विहानैदेखि मुलुकको सुदुर पश्चिमी भेगको मौसम प्रभावित हुँदैछ भने साँझसम्ममा त्यस्तो प्रभाव अन्यत्र पनि फैलदैछ ।

अंग्रेजी महिनाका डिसेम्बर, जनवरी र फेब्रुअरीलाई हिउँदयाम मानिन्छ भने यो अवधिमा हुने वर्षालाई मौसमविद्हरु हिउँदे वर्षाका रुपमा बुझ्ने गर्छन् । तर केही वर्षयता हिउँदे झरी हिउँदयामको आखिरीतर्फ धकेलिदै गएको छ । किन यस्तो, भन्ने प्रश्नमा वरिष्ठ मौसमविद् मणिरत्न शाक्य भन्नुहुन्छ–‘जलवायु परिवर्तनको प्रत्यक्ष÷अप्रत्यक्ष असरले यस्तो भइरहेको छ, मंसिर अन्तिममा पर्नुपर्ने पानी पुस अन्तिम र माघ लागेपछि मात्रै पर्न थालेको छ ।’

Advertisement

काठमाडौ विश्वविद्यालयका आगन्तुक प्राध्यापक समेत रहनु भएका शाक्य विगत डेढ दशकयता नेपाल सहित दक्षिण एसियाली मनसुन र हिउँदे झरीको गतिविधिबारे अनुसन्धान गर्दै आउनु भएको छ ।

मनसुनको अवधि पनि धकेलिएर असोजसम्म पुग्ने गरेको बताउँदै उहाँले भन्नुभयो–‘हिउँदमा ढिलै गरी पानी त पर्छ, तर मेघ गर्जन सहित पर्नुपर्ने पानी र त्यस्तो लक्षण हिजो–आज निकै घटेको छ ।’ सवारी साधन र उद्योग कलकारखानाबाट निस्कने प्रदुषित वायुले पनि मौसमी चक्रलाई प्रभावित बनाउँदै समय अगावै हिमालय श्रृखंलामा हिउँ पग्लिने गरेको शाक्यको बुझाई छ ।
मौसमविद्हरुका अनुसार मार्च, अप्रिल र मे महिना ‘प्री मनसुन’ अर्थात् मनसुन पूर्वाद्धको समय हो । जुन दोस्रो सातादेखि सेप्टेम्बर चौथो साता नेपालका लागि सक्रिय मनसुन अवधि हो भने नोभेम्बर महिना मनसुन उत्तराद्र्ध अर्थात् ‘पोस्ट मनसुन’ अवधि हो ।

Advertisement

नेपाल सहित समग्र दक्षिण एसियाली भेगको मनसुन, हिउँदे झरी र त्यस अघिपछिको वर्षालाई प्रशान्त महासागरमा विकास हुने मौसमी प्रकृयाले प्रभावित बनाउँदै आएको छ ।, यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top