वैदेशिक रोजगार ठगी : एक वर्षमा ठगिएकाहरुकाे १४ करोड उसुलउपर गरियाे

Share this
772shares

काठमाडौं : वैदेशिक रोजगारीमा लैजाने प्रलोभन देखाएर ठगीमा परेका युवालाई पीडकबाट ११ महिनामा १४ करोड रुपैयाँ असुल गराइएको छ। वैदशिक रोजागारीका नाम परे उजुरीविरुद्ध वर्षौंसम्म न्याय सम्पादन नभएपछि सरकारले कार्यदल बनाएर उजुरी फरफराक गर्ने नीति लिएको थियो।

Advertisement

गत वर्षको फागुनदेखि माघसम्म १४ करोड ६१ लाख ३९ हजार ३०० रुपैयाँ रुपैयाँ क्षतिपूर्ति दिलाइएको हाे । यस अवधिमा संस्थागत (म्यानपावर कम्पनी)बाट नौ करोड ९९ लाख ९१ हजार ५५० रुपैयाँ र व्यक्तिगत ठगीबाट चार करोड ६१ लाख ४७ हजार ७५० रुपैयाँ बिगो भराएर पीडित युवालाई दिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ। याे समाचार आजकाे कारोबार दैनिकमा छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top