जहदाबाट अवैध भारतीय माछासहित कारोबारी पक्राउ

४ पुस ७६, शनिबार

५ पुस, विराटनगर ।
भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको माछासहित एक जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो मोरङको जहदा गाउँपालिका – ३ स्थित प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सोही स्थानका लालु देवी मुखिया माछासहित पक्राउ परेका हुन् ।

उनलाई भारतबाट नेपालतर्फ भन्सार छलि ल्याउँदै गरेको करिब ५५ किलो माछासहित नियन्त्रणमा लिईएको मोरङ प्रहरीले जनाएको छ । मुखियालाई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानीमा बुझाइने प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top