जोखिम भत्ताका लागि ६६ करोड ८७ लाख निकासा

१२ मंसिर ७७, शनिबार

काठमाडौं: सरकारले असोज मसान्तसम्म कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि जोखिम भत्ताबापत ६६ करोड ८७ लाख ४५ हजार पठाइएको बताए पनि स्वास्थ्यकर्मीले भने समयमै भत्ता पाउन सकेका छैनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज मसान्तसम्म जोखिम भत्ताबापत सो रकम विभिन्न अस्पतालका लागि पठाइएको बताए पनि अस्पतालले समयमै भत्ता उपलब्ध गराउन नसक्दा स्वास्थ्यकर्मी मर्कामा पर्दै आएका हुन् ।

मन्त्रालयले समेत कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पठाएको जोखिम भत्ता केही अस्पतालले उपलब्ध नगराएको गुनासो आएको भन्दै त्यस्ता गुनासाको तत्काल सम्बोधन गर्न अस्पताललाई निर्देशन दिएको छ ।

Advertisement

मन्त्रालयले शुक्रबार सबै अस्पताललाई पत्राचार गर्दै तत्काल जोखिम भत्ता उपलब्ध गराएर स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन थप निर्देशन दिएको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए । मन्त्रालयले शुक्रबार सचिवस्तरीय निर्णय गर्दै त्यस्तो निर्देशन दिएको स्पष्ट पारेको छ ।

सरकारले कोभिड—१९ को उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश २०७७ अनुसार जोखिममा रही काम गर्ने सबै जनशक्तिलाई जोखिम भत्ता दिने निर्णय गरेको थियो तर सरकारको सो निर्णय कार्यान्वयनमा आउन भने केही ढिलाइ भएको थियो ।

Advertisement

अब भने सरकारको निर्णय कार्यान्वयनमा ल्याएर जोखिम भत्ता निकासा गरिएको स्पष्ट पार्दै स्वास्थ्य मन्त्रालयले जोखिम भत्ता तत्काल उपलब्ध गराउन सबै अस्पताललाई निर्देशन दिएको हो । मन्त्रालयले कुनै पनि बहानामा जोखिम भत्ता नरोक्न अस्पताललाई विशेष ध्यानाकृष्ट गराएको छ ।

मन्त्रालयका अनुसार कात्तिकको जोखिम भत्ता पनि छिट्टै उपलब्ध हुने क्रममा रहेको छ । मन्त्रालयले समयमै जोखिम भत्ता निकासा गर्दा समेत सम्बन्धित निकायले किन उपलब्ध गराउन सकेन भन्नेमा अनुगमन संयन्त्र बनाउन नसक्दा पनि लापरवाही देखिएको हो ।

स्वास्थ्य मन्त्रालयले प्रभावकारी अनुगमन संयन्त्र बनाएर निरन्तर अनुगमन गरी जोखिम भत्ता समयमा उपलब्ध गराई स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनुपर्ने सुझाव स्वास्थ्य क्षेत्रका विज्ञहरूले दिएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top