×

NEPAL TIMES UPDATES

Playing
महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा|| Nepal Times
Apr 27, 2026
Playing
के टियुको १० हजार क्षमताको प्यारापिटमा डोजर चल्ने हो ? || Nepal Times
Apr 27, 2026
Playing
सुकुम्बासी राजनीतिमा बालेनको ‘ब्रेक थ्रु’, बाबुरामले किन चित्त दुखाए ?|| Nepal Times
Apr 27, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-14-2083 || Nepal Times
Apr 27, 2026
Playing
व्यवसायीलाई कारबाही गर्दा साँच्चै शिथिल हुन्छ अर्थतन्त्र ? || Nepal Times
Apr 27, 2026
Playing
अर्थमन्त्री वाग्लेले सार्वजनिक गरे श्वेतपत्र,कस्तो छ नेपालको अर्थतन्त्र ?|| Nepal Times
Apr 27, 2026
Playing
इरानले अमेरिकी सिस्टम हल्लायोः रनवे–रडार, एयरक्राफ्ट ह्यांगर सबै नष्ट, अर्बौको क्षति || Nepal Times
Apr 27, 2026
Playing
हर्क साम्पाङका नजरमा किन परे सुकुम्बासी ? || Nepal Times
Apr 27, 2026
Playing
आज मन्त्रीपरिषद्ले के के निर्णय गर्यो ? || Nepal Times
Apr 27, 2026
Playing
World News: अराघची रुसमा, होर्मुज खोल्ने र युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव || Nepal Times
Apr 27, 2026

झापाका अधिकांश ठूला होटलमा अखाद्य वस्तु फेला

२ चैत्र २०७४

झापा, चैत २
बिर्तामोडमा सञ्चालित केही ठूला होटलले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको पाइएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा र होटल व्यवसायी संघ, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीसहितको टोलीले बुधबार र बिहीबार दुई दिन गरेको संयुक्त अनुगमनका क्रममा यस्तो पाइएको हो ।

खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक प्रेम अर्यालसहितको टोलीले गरेको अनुगमनका क्रममा होटलले अखाद्य वस्तु बिक्री गरेर उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड गरिरहेको अनुगमनपछि सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।

Advertisement
Advertisement

रेडमग र गाउँलेमा किरा भेटियो
बिर्तामोडमा सञ्चालित रेडमग र गाउँले यहाँका नाम चलेका होटल हुन् । यी होटलमा बिक्रीका लागि तयारी अवस्थामा राखिएका खाद्य सामग्रीमा किरा भेटिएको थियो ।

गाउँले होटलमा बुधबार गरेको अनुगमनका क्रममा खाद्यान्नमा किरा पाइएको थियो भने रेडमगमा बिहीबार अनुगमन गर्दा ज्यूँदा र मरेका साङ्लासहितको खाद्य सामग्री बिक्री बितरण गरिरहेको पाइएको थियो । रेडमगमा बिक्रीका लागि राखिएका सामग्री म्याद गुज्रिएका र किरासरी पाइएपछि तत्काल होटल बन्द गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय झापाका खाद्य निरीक्षक दिनेश ढुंगानाले बताए ।

यसैबीच, रेडमग होटलका सञ्चालक सुरेन्द्र उप्रेतीले आफ्नो कमजोरी भएको स्वीकार गरेका छन् । उनले अनुगमन टोलीलाई गल्ती स्वीकार्दै तत्काल सुधार गर्ने बताए । सो होटलमा अनुगमन टोलीले पहेँलो स्टिकर टाँसेको छ ।

रेडमग र गाउँले मात्र होइन बिर्तामोडमा सञ्चालित अधिकांश होटलमा पहेँलो स्टिकर टाँसिएको थियो । अधिकांश होटलमा पहेँलो स्टिकर टाँसिएकाले अब उपभोक्ताले स्टिकर हेरेर मात्रै खाद्य सामग्री उपयोग गर्नुपर्ने खाद्य निरीक्षक अर्यालको भनाइ छ ।

उनले बिर्तामोडमा सञ्चालित होटलले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने खाद्य सामग्री बिक्री गर्दा रहेछन् । हामीले उनीहरुलाई सचेत रहन आग्रह गर्दै सरसफाइमा ध्यान दिन भनेका छौँ भने ।

उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने होटल नसुध्रिए, अर्को पटकको अनुगमनमा आउँदा अहिलेकै अवस्थामा पाइए होटल नै बन्द गर्छौँ अर्यालले भने ।

जनप्रतिनिधि भन्छन्– पशुले पनि खान अयोग्य
बुधबार र बिहीबार गरिएको अनुगमनमा सहभागी बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिले होटलमा अखाद्य वस्तुको खुलेआम बिक्री भइरहेको भन्दै त्यस्ता अखाद्य वस्तु बिक्री गर्ने होटल तत्काल बन्द गर्नुपर्ने माग गरेका छन् ।

उनीहरुले स्थानीय निकायमा अधिकार नभएकाले आफूहरुले तत्काल केही गर्न नसक्ने बताउँदै सम्बन्धित निकायले त्यस्ता होटल तत्काल बन्द गर्नुपर्ने बताए । अनुगमनमा सहभागी बिर्तामोड नगर कार्यपालिकाका सदस्य भावना आचार्य घिमिरेले रेडमग होटल तत्कालका लागि बन्द गर्दै सरसफाइ गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको बताए ।

यता बिर्तामोड नगरपालिका–५ का सदस्य सुरेन राजवंशीले पशुले पनि खान अयोग्य वस्तु बिर्तामोडका होटलले खुलेआम बिक्री वितरण गरेर उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको बताएका छन् ।

त्यस्तै बिर्तामोड नगरपालिका–१ की सदस्य यमुना आचार्यले रेडमगले उपभोक्ताको स्वास्थ्य माथि खेलबाड गरेको बताए । यता होटल व्यवसायी संघ झापाकी सदस्य इन्दिरा श्रेष्ठले भने होटल व्यवसायीको बचावट गरेकी छन् । उनले होटल व्यवसायीलाई तत्काल कारबाही गरिहाल्न नमिल्ने बताउँदै फेरि अनुगमन आउँदा उनीहरु सच्चिन्छन् भनिन् ।

कुन होटल कस्ता
बिर्तामोडमा सञ्चालित दुईवटा होटलले मात्रै अति उत्तमको लोगो पाएका छन् । खाद्य स्वच्छतासम्बन्धी ५० वटा मापदण्डअन्तर्गत ९० अंकमाथि ल्याउन सफल बिर्तामोडको ह्याङ आउट क्याफे र मिटिङ पोइन्ट होटलले मात्रै थ्री स्टारअर्थात् अति उत्तमको स्टिकर पाएका छन् । यी होटल सरसफाइलगायत अन्य दृष्टिकोणले उत्कृष्ट रहेको पाइएको थियो ।

त्यस्तै, दुईवटा होटलले उत्तम अर्थात् टु स्टारको लोगो पाएका छन् । होटल होलिडे होम र बिनायकले टुु स्टारको लोगो पाएका हुन् । २१ वटा होटलमा गरिएको अनुगमनका क्रममा चारवटा होटल मात्रै योग्य देखिएको अनुगमन टोलीमा संलग्न जिल्ला प्रशासन कार्यालय झापाका खाद्य निरीक्षक ढुंगानाले बताए ।

त्यस्तै, बिर्तामोडका छवटा होटल सन्तोषजनक रहेको अनुगमनका क्रममा पाइएको थियो । उनीहरुले वान स्टारको लोगो पाएका छन् । वान स्टार लोगो पाउनेमा संगम स्वीट्स, श्याम मिष्ठान्न भण्डार, क्वालिटी स्वीटस् एण्ड फास्टफुड, होटल हिकोला हेरिटेज, होटल डेनियल र ओसियन होटल रहेका छन् ।

Advertisement

अनुगमन टोलीले अनुगमन गरेका ११ वटा होटलमा पहेंको स्टिकर टाँसेको छ । यस्ता होटल खाद्यान्न तथा सरसफाइका दृष्टिकोणले कमजोर रहेको बताइएको छ जसमा होटल रेडमग, गाउँले, खाजाघर, नटराज मिष्ठान्न भण्डार, फेमेली होटल, आशीर्वाद फ्रेण्ड्स क्याफे, ममता मिष्ठान्न भण्डार, आँगन स्वीटस्, मुनटावर, दाजुभाइ होटल, पाथीभरा स्वीटस् र तिरुपती होटालमा पहेँलो लोगो टाँस गरिएको छ ।
रासस

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top