विराटनगर, असार ११
प्रहरीले झापा र मोरङ जिल्लाबाट आइतबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीले मोरङको सुनवर्षी नगरपालिका ५ भेडुवाथानबाट को १ त ६४२५ नम्बरको ट्याक्टरबाट चार बोतल कोरेक्स बरामद भएपछि ट्याक्टर चालक सुनवर्षी–८ सिक्टी बस्ने सईम मियाँँसहित ट्याक्टर नियन्त्रणमा लिएको हो।मियाँले गहुँको बोराभित्र सो लागुऔषध लुकाएर ल्याउँदै थिए।
यसैगरी झापाको मेचीनगर नगरपालिका ६ बाट शरणार्थी शिविर बेलडाँगी बस्ने सन्तविर राईलाई प्रहरीले १५ एम्पुल टिडिजेसिक सहित पक्राउ गरेको छ।
राईलाई डाईजेपाम ५ एम्पुल, लुपिजेसिक ५ एम्पुल र फेनारगन ५ एम्पुल सहित लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाको टोलीले आइतबार बिहान पक्राउ गरेको हो।
बरामद लागुऔषधसहित राईलाई अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ।