टी–२० सिरिजःश्रीलंकाको शानदार सुरुवात

१८ असोज ७६, आइतबार

१९ असोज, एजेन्सी ।
पाकिस्तान विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा श्रीलंका ६४ रनले विजयी भएको छ । श्रीलंकाले दिएको १६५ रनको लक्ष्य पछ्याएको घरेलु टिम पाकिस्तान १०१ रनमै समेटियो ।

उसका लागि इफ्ति इफ्तिखर अहमदले २५, कप्तान सरफराज अहमदले २४, बाबर आजमले १३ रन बनाए । अन्यले खेलाडीले भने दोहोरो अंकमासमेत रन जोड्न सकेनन् ।

बलिङमा श्रीलंकाका इशरु उडाना, नुवान प्रदीपले ३–३, वानिन्दु हसरंगाले २ र कसुन रजिथाले १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको पाहुना टोली श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६५ रन बनायो ।

उसका लागि ओपनर दनुष्का गुनाथिलकाले उत्कृष्ट ब्याटिङ गरे । उनले १ छक्का र ८ चौकाको मद्दतमा ३८ बलमा ५७ रन बनाए । टी–२० करियरमा दनुष्काको यो उच्च स्कोर हो । यस्तै अभिश्का फर्नान्डोले ३३, भानुका राजापाक्षेले ३२, कप्तान दसुन शानकाले १७ रनको योगदान दिए ।

बलिङमा पाकिस्तानका मोहम्मद हसनैनले ३ र शादव खानले एक विकेट लिए । यो खेल जितसँगै तीन खेलको सिरिजमा श्रीलंकाले १–० को अग्रता बनाएको छ ।

लामो समयपछि पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको श्रीलंकाले पाकिस्तानसँगको एकदिवसीय सिरिज भने २–० ले गुमाएको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top