टी-२० सिरिजमा आयरल्याण्डले दियो हङकङलाई २०९ रनको विशाल लक्ष्य

२० असोज, एजेन्सी । ओमानमा जारी पाँच देश सम्मिलित टी-२० सिरिजको सोमबारको दोस्रो खेलमा आयरल्याण्डले हङकङलाई २०९ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको आयरल्याण्डले २० ओभरमा पाँच विकेट गुमाउँदै २०८ रनको विशाल योगफल तयार पारेको थियो । आयरल्याण्डका लागि केभिन ओ ब्राइनले ६२ बलमा १२४ रनको शतकीय यो‍गदान दिए ।

त्यस्तै पल स्टर्लिङले ३६ रन बनाए । बलिङतर्फ हङकङका एहशान खानले तीन तथा काइल क्रिस्टीले दुई विकेट लिए । अहिलेसम्म दुई खेल खेलेको आयरल्याण्डले एउटामा जित र एउटामा हारसहित दुई अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।

Advertisement

त्यसैगरी अहिलेसम्मका दुवै हारेर अंकविहीन रहेको हङकङ तालिकाको पुछारमा छ । अहिलेसम्म खेलेका दुवै खेल जितेर ४ अंकसहित ओमान पहिलो तथा समान खेलबाट समान ४ अंक बटुलेको नेपाल तालिकाको दोस्रो स्थानमा छन् ।

आइतबार नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो भने आउने बुधबार आयरल्याण्डसँग खेल्नेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top