ट्रम्पकाे दाबी– वैध मत गणना गर्ने हो भने मैले नै चुनाव जित्छु

२० कात्तिक ७७, शुक्रबार

२१ कात्तिक, एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई निर्वाचित हुन नदिनका लागि डेकोक्र्याटहरुले चुनावमा धाँधली गरेको आरोप लगाएका छन् । नेपाली समय अनुसार शुक्रबार बिहान ह्वाइट हाउस मार्फत गरेको सम्बोधनको क्रममा वैध मतका आधारमा आफू विजयी भएको दाबी गरे ।

उनले चुनावका विषयमा आफू अदालतसम्म पुगेको उल्लेख गर्दै चुनावमा भएको धाँधली सह्य नहुने बताए। उनले पोस्टल ब्यालेट विनाशकारी हुनसक्ने आफूले पहिल्यै बताएको पनि जनाएका छन्।

Advertisement

डेमोक्र्याटहरुले आफूबाट पैसा र ठूलो सञ्चारमाध्यमको आडमा आफूबाट नतिजा छिनेर डेमोक्र्याट तर्फ लगेको आरोप लगाए । ‘पछिल्लोपटक बाइडेनले दाबी गरेका राज्यहरुमा मतदाता धाँधली र राज्य निर्वाचन धाँधलीबारे हामी कानूनी लडाइँ लड्नेछौं । पर्याप्त प्रमाण छ, सञ्चारमाध्यम चेक गर्दै गर्नुहोला । हामीले जित्नेछौं, अमेरिका फर्स्ट,’ ट्रम्पले ट्वीटरमा लेखेका छन् ।

मतगणना भइरहेका राज्यमध्ये नेभादामा जो बाइडेन अघि छन् । यता, ट्रम्पले अग्रता बनाएका जर्जिया, पेन्सिलभेनिया राज्यमा पनि मतान्तर साँघुरो हुँदैछ ।

Advertisement

अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५३८ मध्ये २७० इलेक्टोरल कलेज मत चाहिन्छ । सो आँकडाको यात्रामा मतगणना जारी रहँदा बाइडेनलाई विजयी हुन ६ इलेक्टोरल संख्या चाहिएकाे छ । नेभादामा बाइडेन विजयी हुनसके बाइडेनका पक्षमा आवश्यक २ सय ७० मत पुग्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top