ट्रम्पले पत्रकार सम्मेलन गरिरहेको बेला ह्वाइट हाउस बाहिर गोली चल्यो

२७ साउन, एजेन्सी ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि गोली चलेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार भेटघाट गरिरहेको बेला बाहिर गोली चलेको हो ।

सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिइरहेका बेला गोली चलेपछि केहीबेर पत्रकार भेटघाट कार्यक्रम प्रभावित भएको थियो । सुरक्षाकर्मीले ट्रम्पलाई भित्र लगेका थिए।

करिब नौ मिनेटपछि राष्ट्रपति ट्रम्प बाहिर आए र पत्रकारहरुलाई गोली चलेको जानकारी दिए । उनले भने, ‘लाग्छ स्थिति नियन्त्रणमा छ ।’अमेरिकी सिक्रेट सर्भिसका मानिसहरूले कुनै हतियारधारी सन्दिग्धलाई गोली हानेको जस्तो आफूलाई लागेको उनले बताए। उक्त घटना उनीप्रति लक्षित भए वा नभएको बारे आफूलाई जानकारी नभएको ट्रम्पले बताए।

Advertisement

उनका अनुसार उक्त घटनापछि कसैलाई अस्पताल लगिएको छ। ट्रम्पले यो घटनालाई असामान्य स्थिति भनेका छन् । सेक्रेट सर्भिसका व्यक्तिहरुको ट्रम्पले प्रशंसा पनि गरे ।

यो घटनापछि ट्रम्पलाई प्रेस ब्रिफिङ रुमबाट बाहिर निकालेर उनको निवासमा कडा सुरक्षाका साथ लगिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top