विराटनगर,भदौ ३०
उदयपुरमा करेन्ट लागि २ जनाको घटनास्थलमै मृत्यु भएको छ । उदयपुरको चौदण्डिगढी नगरपालिका ५ सिवाईमा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो ।
सप्तरीको फत्तेपुरबाट बालुवा लिई उदयपुरको सिवाईमा वालुवा खनाउने क्रममा ना.अ.प. १३२९ न. को ट्रिपरमा १२ हजार भोल्टको करेन्ट लाग्दा २ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ट्रिपर चालक उदयपुर चौदण्डिगढी नगरपालिका ९ बस्ने वर्ष ४० का बिष्णु कार्की र सहचालक सोही ठाँउका वर्ष १९ का भक्तबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।