डा.केसीसँग भएको सहमतिको कांग्रेसद्वारा स्वागत, कार्यान्वयन गर्न माग

२५ असोज ७७, आइतबार
Share this
753shares

२५ असाेज, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसले डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ। साथै कांग्रेसले विगतका सहमति उल्लङ्घन नगर्न र खबरदारी जारी राख्न सबैमा अपीलसमेत गरेको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार एक विज्ञप्तिमार्फत् यही असोज २४ गते मध्यरातमा गरिएको आठ बुँदे सहमति इमान्दार ढङ्गले कार्यान्वयन गर्दै अघि बढ्न सरकारलाई सजगता समेत गराएका छन्।

Advertisement

उनले कांग्रेस नेतृत्वको अघिल्लो सरकारले डा केसीका माग पूरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा केसीसँगको अघिल्लो सहमति उल्लङ्घन गर्नुको कारण पछिल्लो द्वन्द्व सिर्जनासमेत भएको उल्लेख गरेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top