क्यान्सर विजेताको अनुभव : ‘आफ्नै हौसलाले क्यान्सरलाई जित्न सकिन्छ’

२५ असोज ७७, आइतबार

२५ असाेज, काठमाडौँ।

Advertisement

स्तन क्यान्सर लागेकाले आफ्नो हौसलाले क्यान्सरलाई पराजित गरेको अनुभव सुनाउनुभएको छ । नेपाल क्यान्सर सरभाइबर्स सोसाइटीले क्यान्सरविरुद्ध सचेतना अभियान क्रममा आज यहाँ आयोजना गरेको वेभ कार्यक्रमका सहभागिले सफल उपचार र मनोबलले क्यान्सरलाई पराजित गर्ने जनाएका थिए ।

अक्टोबर महिनालाई विश्वभर नै “क्यान्सरको समयमै उपचार गर्ने हो भने निको हुन्छ” भन्ने नाराका साथ स्तन क्यान्सरविरुद्धको अभियान सञ्चालन गरिएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी अभियान सञ्चालन गरिएको छ ।

Advertisement

स्तन क्यान्सर लागेर निको भएकी पूजा कुँवर शुरु शुरुमा आफूलाई स्तन क्यान्सर भएपछि मरिहालिन्छ कि भन्ने रहेकोमा पछि शल्यक्रिया गरेपछि निको भएको अनुभव सुनाइन् । “यो रोग लागेपछि बाँचिन्न कि भन्ने डर लाग्यो । शल्यक्रियापछि आफू भित्रबाट हौसला निकालेर शक्ति पाएँ”, उनले भनिन्, “शुरु शुरुमा किमो दियो कपाल झर्ने । अहिले नभएको कपाल पनि राम्रो लाग्छ । कपाल झरेर झन् नयाँ कपाल आयो । कपालदेखि नङ नयाँ आउँदा शरीरले नयाँ जीवन पाएको छ ।”

उनले सबै महिलालाई स्तन क्यान्सर लागेपछि नआत्तिन समेत आग्रह गरिन् । अर्का स्तन क्यान्सर स्मीता घिमिरे क्यान्सर भएरपछि मरिन्छ कि भनेर नडराउन आग्रह गरिन् । उनले भनिन्, “मैले ऊर्जा भएर हाँसेर नै क्यान्सरलाई जितेको छु । बरु अहिले कोभिड–१९ सँग डराएको छु । रोगसँग डराउने होइन । लड्ने हो ।”

Advertisement

नेपाल क्यान्सर अस्पतालका स्तन रोग विशेषज्ञ डा प्रफुल्ल शाक्यले नेपालमा स्तन क्यान्सरको राम्रो उपचार भएको जानकारी दिए । उनले स्तन क्यान्सर भएर विरलै महिलाको निधन हुने र ७० प्रतिशत महिलाको स्तन बचाएर नै शल्यक्रिया गर्ने गरेको बताए ।

उनका अनुसार क्यान्सरले स्तन फाल्नुपरे पनि फेरि बनाउन सकिन्छ । “नेपालमा पनि नयाँ स्तन जीउकै कुनै ठाउँको मासुको माध्यमबाट बनाउन सकिन्छ”, उनले भने, “यसको लागि ठूलो शल्यक्रिया हुन्छ । अहिले आएर हामी धेरै विज्ञ छौँ । नेपालमा सम्भव छ । कसैलाई इच्छा छ भने हामीले गर्न सक्छौँ ।” उनले रेजिना मुल्मीको पहिलो पटक शल्यक्रिया गरेर स्तन बनाएको जानकारी दिए ।

यस्तै पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानका स्तनरोग विशेषज्ञ डा अरुण शाहीले स्तन क्यान्सरको समयमा नै पहिचान गरेर उपचार गरे निको हुने बताए । उनले स्तन क्यान्सरको चाँडै उपचार नगर्ने हो भने फोक्सो, हड्डी र घाँटीमा असर पार्ने जानकारी दिए ।

त्रिविवि शिक्षण अस्पताल डा सुजिता हिराचनले स्तन क्यान्सर भए पनि महिलाले गर्भधारण गर्न सक्ने बताइन्। “किमो थेपारी दिएको दुई वर्षपछि क्यान्सर निको भएपछि महिलाले गर्भधारण सक्नेछन्” उनले भनिन्, “सामान्य तरिकाले महिलाले बच्चा जन्माउन सक्दछन् ।” उनका अनुसार नेपालमा २२ जना महिलामा एक जनालाई र पुरुषमा एक प्रतिशत क्यान्सर हुने गरेको छ ।

स्तन क्यान्सर पुरुष ज्ञानवहादुर लामा किमोथेरापीबाट आफ्नो क्यान्सर निको हुने क्रममा रहेको जानकारी दिए। सरभाइबर्स सोसाइटीका कोषाध्यक्ष विनु केसीका अनुसार नेपालका ४० वर्ष मुनिको २२ प्रतिशत महिलालाई स्तन क्यान्सर हुने गरेको तथ्याङ्क रहेको छ । विश्वमा ८ प्रतिशत महिलामा स्तन क्यान्सर हुने गरेको छ । ४० देखि ५० वर्ष उमेर समूहका महिला बढी बिरामी छन् ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top