विराटनगर,असार ९
डाक्टर गोविन्द केसीले सरकारको गैर प्रजातान्त्रिक कदमविरुद्ध आन्दोलन शसक्त पार्ने चेतावनी दिएका छन ।
अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि आज काठमाडौको माईतीघर मण्डलामा गरिएको प्रर्दशनमा उनले प्रजातन्त्रविरुद्धको सरकारी निर्णयको कडा प्रतिवाद गर्ने बताएका हुन ।
प्रजातन्त्रको मुख्य मर्म नै वाक र अभिव्यक्ति स्वतन्त्रता रहेको भन्दै उनले माईतीघर मण्डला लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गरेर सरकारले प्रजातन्त्रमाथि आक्रमण गरेको दाबी गरे ।
उनले गैर प्रजातान्त्रिक काम हुन नदिने पनि उद्घोष गरेका छन । समाजवाद उन्मुख संविधान, गणतान्त्रिक मुलुक र समाजवाद, साम्यवादी उन्मुख दलहरु भनिएपछि व्यवहारमा त्यसो नभएको डा. केसीको तर्क थियो । डाक्टर केसीको नेतृत्वमा मण्डलामा भेला भएका उनका समर्थकहरुले बालकृष्ण ढुंगेलको माफी रद्द गर, व्यक्ति हत्याको राजनीति बन्द गर, चिकित्सा शिक्षा आयोगको प्रतिस्थापन विधेयक यथास्थितिमा तुरुन्त पारित गर , गंगामायाको माग पुरा गर, अपराधीलाई गिरफ्तार गर भन्ने नारा लेखिएका प्ले कार्ड लिएका थिए ।