ड्रयागन क्याप्स्यूल अन्तरिक्ष यानले यसरी गर्यो पानीमा अवतरण

१९ साउन, एजेन्सी ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) पुगेका दुई जना अन्तरिक्षयात्रीहरू बब बेन्कन र डग हर्ली पृथ्वीमा फर्किएका छन्।

स्पेस एक्स ड्रयागन क्याप्स्यूल नाम गरेको अन्तरिक्ष यानबाट फर्केका ती दुई अन्तरिक्षयात्रीहरूले पश्चिमी फ्लोरिडाको पेन्साकोलाको तटको दक्षिण तर्फ रहेको गल्फ अफ मेक्सिकोमा अवतरण गरेका थिए।

लगत्तै उनीहरूलाई त्यसबाट निकाल्न उद्धारका लागि तयार पारिएको पानीजहाज पुगेको थियो। यो ४५ वर्षअघि अपोलो कमान्ड मोड्युलको अन्तिम अवतरणपछि पहिलो पटक पानीमा अवतरण गरेको अमेरिकी मानवसहितको यात्रा हो।

Advertisement

स्पेस एक्स र नासाको टोलीका तर्फबाट पृथ्वीमा पुनः स्वागत छ। स्पेस एक्समा उडाउनु भएकोमा धन्यवाद, स्पेस एक्स मिसन कन्ट्रोलले अवतरणपछि भन्यो। दुई महिनाअघि उक्त क्याप्स्यूल प्रक्षेपणको कार्यक्रममा सहभागी भएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सुरक्षित अवतरणको स्वागत गरेका छन्।

सबैलाई धन्यवाद, उनले ट्विट गरेका छन्। दुई महिना लामो मिसन सम्पन्न गरेर नासाका अन्तरिक्ष यात्रीहरू पृथ्वीमा फर्किएको विषय सुखद छ। उक्त क्याप्स्यूलको अवतरणका क्रममा चारवटा प्यारासुट प्रयोग गरिएको थियो।

Advertisement

करिब ५६० किलोमिटर प्रतिघण्टाको गतिमा तल झरिरहेको उक्त क्याप्स्यूलको गतिलाई प्यारासुटले समुद्र छुने बेला करिब २४ किलोमिटर प्रतिघण्टामा सीमित गरिदिएका थिए। अवतरणपछि अन्तरिक्षयात्रीहरूलाई चिकित्सकहरूको टोलीले परीक्षण गरेका थिए।

त्यसपछि उनीहरूलाई हेलिकोप्टरद्वारा किनारमा लगिएको थियो। प्रक्षेपणअघि नै यस मिशनले धेरैको ध्यान खिचेको थियो। सन् २०११ मा द स्पेस शटल्स भनिने अन्तरिक्षमा यान पठाउने प्रणाली बन्द गरिएपछि अमेरिकाले आफैँले अन्तरिक्षयात्री नपठाउनु त्यसको कारण रहेको थियो।

त्यसयता अमेरिका अन्तरिक्ष केन्द्रमा आफ्ना अन्तरिक्षयात्री पठाउने रुसको सोयुज रकेट एन्ड क्याप्स्यूल प्रणालीमा निर्भर रहँदै आएको थियो। यस पटकको भिन्नता भनेकै नासाले आफ्नो अन्तरिक्षयान नभइ अरूको भाडामा लिएर उडेको हो। यो टिकट किनेर यात्रा गरे जस्तै हो।

अन्तरिक्षयात्री लगेको स्पेस एक्स कम्पनीले आफ्ना सेवाहरू अन्य अन्तरिक्ष निकाय, कम्पनी र व्यक्तिहरूलाई समेत विक्री गर्न पाउनेछ।

अमेरिकी अन्तरिक्ष निकाय नासाका प्रशासक जीम ब्रिडेन्स्टाइनले आफैँ प्रक्षेपण प्रणालीको निर्माण र व्यवस्थापन नगर्ने कामले चन्द्रमा र मङ्गल ग्रह जाने मिसनका लागि पैसा बचत गर्ने आफूहरूले सोचेको बताएका थिए।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top