२२ कार्तिक, ताप्लेजुङ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रि योगेश भट्टराईले ताप्लेजुङको तमोर नदीमा बन्दै गरेको ७३ मेघावाट क्षमताको जलविद्युत आयोजनाको अनुगमन गरेका छन् ।
जिल्लाको फुङ्लिङ नगरपालिका, मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिकाको सिमाना भई बग्ने तमोर नदीमा निमार्णाधिन मध्ये तमोर आयोजनामा करिब दुई हजार दुई सय मिटर लामो सुरुङमार्ग बनिसकेको छ ।
आयोजनाको तीन हजार चार सय मिटर लामो सुरुङ निर्माण हुने आयोजनाका व्यवस्थापक मणिराज पोख्रेलले बताए । सो निर्माण हुने सुरुङ मध्ये दुई हजार दुई सय मिटर पूरा भएको तमोर जलविद्युत आयोजनाका व्यवस्थापक पोख्रेलले जानकारी दिए ।
आयोजनाको एक हजार दुई सय मिटर सुरुङमार्ग बन्न बाँकी छ । ७३ मेघावाट क्षमताको जलविद्युत आयोजनाको टनेलको काम ४० प्रतिशत सकिएको पोखरेलले जानकारी गराए । लकडाउनका बीच पनि निरन्तर काम भएकोले प्रगति भएको आयोजनाले जनाएको छ ।
त्यस्तै मन्त्रि भट्टराईले हिमाली जिल्ला ताप्लेजुङको सिंवा माध्यमिक विद्यालयको आईसिटी प्रयोगशालाको पनि उद्घाटन गरेका छन् । उद्घाटनपछि मन्त्रि भट्टराइले विद्यार्थी तथा शिक्षकलाई अध्ययन तथा अध्यापन गराउन यस ल्याबले सहज हुन बताए ।
उनले जिल्लाका विभिन्न विद्यालयमा यस्ता कार्यक्रमहरु निरन्तर आउने र शिक्षालाई गुणस्तरीय बनाउन पहल गरिने बताए । विद्यार्थीलाई आधुनिक तरिकाबाट अध्ययन( अध्यापन गराउने उदेश्यले प्रविधियुक्त ल्यावको स्थापना गरिएको हो ।
मन्त्रि भट्टराई कै पहलमा मन्त्रालयको एक करोडको सहयोगमा ल्याबको स्थापना गरिएको सिंवा मा.वि.का प्रधानाध्यपक ओमनाथ गौतमले बताए ।