तरकारीको विषयमा सरकारलाई सर्वोच्चको यस्तो आदेश

१७ माघ ७४, बुधबार
Share this
736shares

सर्वोच्च अदालतले तरकारीमा जथाभावी कीटनाशक औषधि प्रयोग गर्ने तथा त्यस्तो तरकारी उपभोक्तासमक्ष पुर्याउने कार्यमा तत्काल रोक लगाउन नेपाल सरकारको नाममा परमादेश जारी गरेको छ ।

Advertisement

न्यायाधीशहरु पुरुषेत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले तरकारीमा विषाक्त औषधि राखी उपभोक्तामा पुर्याउने कार्यमा रोक लगाउन उचित प्रक्रिया थाल्न सरकारका नाममा आदेश दिएको हो ।

किसान तथा व्यापारीले विषादी प्रयोग गरेको तरकारी बजारमा पठाउने चलनले मानव स्वास्थ्यमा असर परेको भन्दै त्यस्तो कार्य रोक्न मागसहित सार्वोच्चमा निवेदन परेको थियो ।

Advertisement

निवेदनमा अन्तिम सुनुवाइ गर्दै सर्वोच्च अदालतबाट यस्तो कार्यमा रोक लगाउन आवश्यक बन्दोबस्त मिलाउन सोमबार निर्देशनात्मक आदेश जारी भएको छ ।

कानुन कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको भएको उललेख गर्दै सर्वोच्चले कानुन कार्यान्वयनमा कडाइ गर्न सरकारी निकायलाई आदेश दिएको छ ।

Advertisement

फैसलाको पूर्णपाठ भने पछि सार्वजनिक हुने सर्वोच्चले जनाएको छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top