ताइवानमाथि हमला गर्नु चीनका लागि निकै महंगो पर्नेछः नवनिर्वाचित राष्ट्रपति वेन

१ माघ, एजन्सी । ताइवानकी नवनिर्वाचित राष्ट्रपति साई इङ वेनले आफ्नो देशमाथि चीनले हमला गरे त्यो उसलाई निकै महंगो पर्ने बताएकी छन् ।

गत शनिबार भएको चुनावमा दोस्रो पटक राष्ट्रपति चुनिएकी ६३ वर्षीया वेनले बेलायती प्रसारण संस्था बिबिसीसँग कुरा गर्दै पछिल्ला तीन वर्षमा बेइजिङबाट निरन्तर धम्की आइरहेको बताइन् । उनले आफू बेइजिङसँग कुराकानी गर्न तयार भए पनि दोस्रो कार्यकालमा चीनबाट झन् धेरै दबाब आउनेमा पनि सचेत भएको बताएकी छन् ।

के ताईवान चीनसँग युद्ध गर्न तयार छ त भन्ने प्रश्नमा उनले भनिन्, हामी पूरा प्रयास गरिरहेका छौं आफ्नो क्षमतालाई बलियो बनाउन। ताइवानमा हमला गर्नु चीनका लागि निकै महंगो पर्नेछ । उनले चीनले ताइवानलाई इज्जत गर्नुपर्ने तर्क गरिन् ।

Advertisement

चीनले एक चीन नीतिअन्तर्गत ताइवान पनि आफ्नो हिस्सा भएको ठान्दछ। कतिपय देशले एक चीन नीतिको समर्थनमा ताइवानलाई छुट्टै देशको मान्यता दिएका छैनन् । ताइवानमा भने बेइजिङको विरोधमा ठूलो मत छ । तीमध्ये राष्ट्रपति वेन एक हुन्।

गत शनिबार भएको चुनावमा उनले ५७ प्रतिशत अर्थात् ८२ लाख मत पाएकी छन्। उनका प्रतिष्पर्धी उम्मेदवार हान किओ(यूले ३९ प्रतिशत मत पाए । पराजित यू बेइजिङसँग निकट सम्बन्ध भएका व्यक्ति हुन् ।

Advertisement

यसपालिको चुनाव ताइवानी नागरिकले बेइजिङलाई हेर्ने दृष्टिकोणबारेको जनमत संग्रहजस्तो मानिएको थियो । यो चुनावमा संस्थापनविरोधी वेन भारी मतसहित विजय भएपछि बेइजिङलाई धक्का लागेको विश्लेषकहरूले बताएका छन् । वेनको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले संसदमा पनि बहुमत पाएको छ ।

चीनले सन् १९४९मा गृहयुद्ध अन्त्य भएदेखि नै ताइवानमाथि दाबी गर्दै आएको छ । एक चीन नीतिअन्तर्गत ताइवान पनि चीनमा गाभिन पर्ने उसको तर्क छ ।

वेन राष्ट्रपतिमा फेरि निर्वा्चित भए पनि आफूले दाबी नछोड्ने चीनले बताएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ विदेश मन्त्रालयले राष्ट्रपति चुनिने कुरा ताइवानको आन्तरिक मामिला भएको बताएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top