तेक्वान्दोका नवीन श्रेष्ठ वर्षका उत्कृष्ट प्रशिक्षक

२८ पुस ७७, मंगलबार
Share this
815shares

२८ पुस, काठमाडौं ।

Advertisement

तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले मगंलबार आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा श्रेष्ठलाई वर्ष उत्कृष्ट प्रशिक्षक चुनिएको हो । उनले उसुका अमर कुमार थिङ, करातेका मदन उप्रेती, बक्सिङका प्रकाश थापा मगर र पौडीका शंकर कार्कीलाई पछि पार्दै उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका हुन् ।

Advertisement

श्रेष्ठले गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई तेक्वान्दोमा सर्वाधिक १२ स्वर्ण दिलाएका थिए। तेक्वान्दोबाट सागमा भाग लिएका सबै खेलाडीले साग खेलेका सबै २९ खेलाडीले पदक जितेका थिए ।

सागको तेक्वान्दोमा नेपालले १२ स्वर्ण, ६ रजत र ११ कास्य पदक जितेको थियो । नेपाली टोलीले चाइना इन्टरनेसनल च्याम्पियनसिपमा भाग लिदा श्रेष्ठ मुख्य प्रशिक्षक थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top