त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले पहिलो खेल नेदरल्याण्ड्ससँग खेल्ने

558SHARES

२६ चैत, काठमाडौँ । काठमाडौँको कीर्तिपुर मैदानमा हुने त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलामा नेपालले पहिलो खेल नेदरल्याण्ड्ससँग खेल्ने भएको छ ।

वैशाख ४ गतेदेखि हुने खेलको खेल तालिका सार्वजनिक भएको हो । तालिकाअनुसार नेपाल र नेदरल्याण्ड्सको खेल वैशाख ४ गते दिउँसो सवा २ बजे सुरु हुनेछ ।

वैशाख पाँच गते मलेसिया र नेदरल्याण्ड्स खेल्नेछन् । त्यस्तै नेपालले दोस्रो खेल मलेसियासँग वैशाख ६ गते, तेस्रो खेल नेदरल्याण्ड्ससँग वैशाख ७ गते खेल्ने भएको छ ।

तालिकाअनुसार वैशाख ८ गते मलेसिया र नेदरल्याण्ड्स खेल्ने भएका छन् । लिगको अन्तिम खेलमा वैशाख ९ गते नेपाल र मलेसिया खेल्नेछन् ।

डबल राउण्ड रोबिनका आधारमा हुने शृङ्खलाको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल वैशाख ११ गते हुनेछ ।

छुटाउनुभयो कि?

सम्पूर्ण