दक्षिण एसियामा ११ लाख बढी संक्रमित, झण्डै २७ हजारको मृत्यु

२२ असार, एजेन्सी ।
दक्षिण एसियाका आठ मुलुकमा अहिलेसम्म ११ लाख आठ हजार ३५३ जना कोरोना संक्रमित भेटिएका छन्।

२६ हजार ९५२ जना संक्रमितको मृत्यु भएको छ। जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार भारत यस क्षेत्रमा कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित भएको छ। संक्रमित संख्याका हिसाबले विश्वकै तेस्रो स्थानमा रहेको भारतमा अहिलेसम्म ६ लाख ९७ हजार ८३६ जना संक्रमित पहिचान भएको छ।

मृतक संख्याका हिसाबले पनि भारत विश्वको आठौं स्थानमा छ। त्यहाँ अहिलेसम्म १९ हजार ७०० जना संक्रमितले ज्यान गुमाएका छन्। पाकिस्तानमा दुई लाख ३१ हजार ८१८ जना संक्रमित भेटिएका छन्। भेटिएकामध्ये चार हजार ७६२ जनाको मृत्यु भएको छ। दक्षिण एसियामा कोरोनाबाट बढी प्रभावित मुलुकको तेस्रो स्थानमा बङ्गलादेश रहेको छ।

Advertisement

त्यहाँ हालसम्म एक लाख ६२ हजार ४१७ जना संक्रमित पहिचान गरिएको छ भने दुई हजार ५२ जनाले ज्यान गुमाएका छन्। अफगानिस्तानमा अहिलेसम्म ३२ हजार ९५१ जना संक्रमित भेटिएका छन्। त्यहाँ ८६४ जना संक्रमितको मृत्यु भएको छ। नेपाल दक्षिण एसियामा कोरोनाबाट बढी प्रभावित मुलुकको पाँचौं स्थानमा छ।

यस क्षेत्रमा सबैभन्दा पहिले नेपालमा नै संक्रमित भेटिएका थिए। यहाँ अहिलेसम्म १५ हजार ७८४ जना संक्रमित भेटिएका छन्। ३४ जनाको ज्यान गएको छ। माल्दिभ्समा दुई हजार ४६८ जना संक्रमित भेटिएकामा ११ जनाको ज्यान गएको छ। श्रीलङ्कामा अहिलेसम्म २०७६ जना संक्रमित पहिचान गरिएको छ।

Advertisement

ती मध्ये ११ जनाको मृत्यु भएको छ। यो महामारीबाट दक्षिण एसियामा भुटान अहिलेसम्म सबैभन्दा सुरक्षित देखिएको छ। त्यहाँ हालसम्म १८ जनामात्रै संक्रमित भेटिएका छन्। मानवीय हताहती भएको छैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top